रोयल इनफिल्डको कुल बिक्रीमा ३५० सीसी सेग्मेन्टको हिस्सा ९० प्रतिशत भन्दा बढी, यस्तो छ सेप्टेम्बरको बिक्री
काठमाडौं–रोयल इनफिल्डले सेप्टेम्बर २०२६ मा कुल १ लाख ३३ हजार ९५८ युनिट...
रोयल इनफिल्डले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल फ्लाइङ फ्ली सी६ को डेलिभरी औपचारिक रूपमा सुरु गरेको छ । पर्यावरणमैत्री र आधुनिक प्रविधियुक्त यस बाइकले बजारमा नयाँ तरंग ल्याउने कम्पनीको विश्वास छ ।
भारतीय बजारमा फ्लाइङ फ्ली सी६ को सुरुवाती मूल्य २ लाख ७९ हजार भारु तोकिएको छ । यद्यपि, ग्राहकहरूलाई थप सहजता प्रदान गर्न कम्पनीले ब्याट्री–एज–ए–सर्भिसको विकल्प समेत उपलब्ध गराएको छ । यो विकल्प रोज्ने ग्राहकहरूले यस बाइकलाई मात्र १ लाख ९९ हजार भारुमै खरिद गर्न सक्नेछन् ।
बिक्रीपछिको सेवालाई थप प्रभावकारी बनाउन कम्पनीले बेंगलोरभरि ‘हब–एन्ड–स्पोक’ नेटवर्क स्थापना गरेको छ । जसअन्तर्गत, बीटीएम लेआउटमा रहेको हब सेन्टर र स्पोक सेन्टरहरु सामेल छन् । यी सेन्टरले विशेष प्राविधिक सेवा र जटिल मर्मतसम्भारसम्बन्धी कार्य व्यवस्थापन गर्नुको साथै बाइकको नियमित सर्भिसिङ र सामान्य मर्मतको काम गर्न जनाइएको छ ।
फ्लाइङ फ्ली सी६ मा ३.९१ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ । बाइकमा २०.६५ एचपी पावर र ६० एनएम टर्क जेनेरेट गर्न सक्षम पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर उपलब्ध छ । सिंगल चार्जमा १५४ किलोमिटर रेन्ज दिने दाबी गरिएको यस मोटरसाइकललाई ११५ किलोमिटर प्रतिघन्टाको गतिमा हाँक्न सकिन्छ । यसको ब्याट्रीलाई २ घन्टा १६ मिनेटमा फुल चार्ज गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...