कुन सवारी साधनको वार्षिक कर कति ? कहिले सम्म तिर्दा जरिवाना लाग्दैन ?

कुनै पनि सवारी साधन चालकले वार्षिक रुपमा सरकारलाई कर तिर्नु पर्छ । हाल प्रदेश सरकारहरुले फरक फरक तरिकाले करको दर निर्धारण गरेका छन् । आफूले जुन प्रदेशमा सवारी साधन दर्ता गरेको छ, त्यही अनुसारको कर तिर्नु पर्छ । आर्थिक वर्ष २०७८/७९ का लागि तोकिएको विभिन्न करका दरको सूची यहाँ हेर्न सकिन्छ ।

उदाहरणका लागि बागमती प्रदेशमा १२५ सीसी सम्मको मोटरसाइकलका लागि २ हजार ८ सय रुपैयाँ कर तिर्नु पर्छ । त्यसैगरी १२६ देखि १६० सीसी सम्म ४ हजार ५ सय, १६१ देखि २५० सीसी सम्म ५ हजार ५ सय, २५१ देखि ४०० सीसी सम्म ९ हजार, ४०१ देखि ६५० सीसी सम्म २० हजार र ६५१ सीसी देखि माथिका कुनै पनि मोटरसाइकलका लागि ३० हजार कर तिर्नु पर्छ ।

कहिले सम्म तिर्दा जरिवाना लाग्दैन ?
सवारी कर समयमै तिर्नु नागरिकको दायित्व हो । तर पनि विभिन्न कारणले सवारी धनीले समयमै कर तिरेको पाइदैन । कर समयमै नतिरेमा जरिवाना तिर्नु पर्छ ।

सवै सवारी साधनको ब्लुबुक (सवारीको विस्तृत विवरण) को सुरुको पेजमा सवारी दर्ता मिति लेखिएको हुन्छ । सोही मिति अनुसार नै हरेक बर्ष नवीकरण मिति कायम गरिन्छ । दर्ता मितिमा जुन महिना उल्लेख गरिएको हुन्छ, हरेक बर्षको त्यही महिनामा नवीकरण गर्नुपर्ने हुन्छ ।

ब्लुबुकमा पछिल्लो पेजमा सवारी नवीकरण मिति हुन्छ, जसमा जाँचेको मिति र म्याद पुग्ने मिति हुन्छ । मानिसहरुले कर तिर्दा म्याद पुगेको मितिको ९० दिन भित्र कर तिर्दा जरिवाना तिर्नु पर्दैन । तर त्यो मिति आर्थिक बर्षको चैत्रदेखि असार मसान्त सम्मको मितिलाइ मान्य हुने छैन ।

उदाहरणको लागि कुनै सवारी साधनको भाद्र महिनामा म्याद सकिन्छ भने त्यो सवारी साधनको कर मंसीर महिनासम्म तिर्न पाइन्छ । तर कसैको चैत्रमा म्याद सकिने मिति छ भने यो अवस्थामा ९० दिन थप पाइदैन । यदि कसैको बैशाख, जेष्ठ र असारमा म्याद सकिने मिति रहेको छ भने ९० दिन थप पाइने त कुरै छोडौ त्यो महिनासम्म पनि म्याद पाइदैन ।

बैशाख, जेष्ठ र असारमा म्याद सकिने सवारी साधनको कर पनि चैत्र सम्म नतिरि बैशाखमा तिरेमा सवारी करको १० प्रतिशत थप जरिवाना लाग्नेछ । ३० दिन कटेपछि ४५ दिनसम्म पनि नतिरे १५ प्रतिशत र ४५ दिन कटेपछि २० प्रतिशत जरिवाना लाग्ने छ । यदि त्यो आर्थिक बर्ष नै कटेमा ३२ प्रतिशत जरिवाना लाग्नेछ ।

सम्बन्धित समाचारहरू

नक्कली ड्राइभिङ लाइसेन्स जारी गर्ने १२ कर्मचारीसहित १७ विरुद्ध मुद्दा

नक्कली ड्राइभिङ लाइसेन्स जारी गर्ने १२ कर्मचारीसहित १७ विरुद्ध मुद्दा

काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कर्मचारीले १४ महिनामा...

सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्स हराएमा प्रतिलिपि लिन के गर्ने ? कति शुल्क लाग्छ ?

सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्स हराएमा प्रतिलिपि लिन के गर्ने ? कति शुल्क लाग्छ ?

के तपाईको सवारी चालक अनुमति पत्र हराएको छ ? लामो समय खोजेर पनि पाउनु भएन ?...

अब ड्राइभिङ लाइसेन्सको अवधि १० वर्ष, हट्याे ५ वर्षे नियम

अब ड्राइभिङ लाइसेन्सको अवधि १० वर्ष, हट्याे ५ वर्षे नियम

काठमाडौं – सरकारले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को अवधि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...