इन्द्र नारायण चोङबाङ भए यामाहा ‘रेस फर द एस’का विजेता, १२ तोला सुन पाउने

काठमाडौँ – यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैँलाई लक्षित गरी सुरु गरेको दसैं स्किम ‘रेस फर द एस’ को विजेता इटहरी निवासी इन्द्र नारायण चोङबाङ भएका छन् ।

गत भाद्र १५ बाट सुरु गरिएको सो दसैँ स्किम मंसिर १४ सम्म चलेको थियो । ९ हप्तासम्म चलेको सो स्किमको अवधिभर यामाहाको जुनसुकै बाइकको खरिदमा पनि ग्राहकलाई ८ हजार देखि १ लाख रुपैयाँ सम्मको छुट तत्काल दिइएको थियो ।

त्यसैगरी स्किम अवधिभर बाइक खरिद गर्ने ग्राहकलाई हरेक हप्ता एक गोल्डेन एस टिकट र बम्पर बिजेताका लागि तीन गोल्डेन एस टिकट जित्ने मौका प्रदान पनि गरिएको थियो । प्रत्येक हप्ताका एस कार्ड विजेताहरूलाई ४ तोला सुन र बम्पर विजेतालाई १२ तोला सुन पुरस्कार स्वरुप प्रदान गरिएको थियो ।

नेपालभरिबाट लक्की ड्रमार्फत विजेताहरू छनौट गरिएको सो ‘रेस फर द एस’ स्किमका बम्पर बिजेता इन्द्र नारायण चोङबाङले तिरुपती अटो सिटीबाट यामाहा एफजी डबल डिस्क ब्रेक खरिद गरेका थिए ।

यामाहा नेपालले आगामी दिनहरूमा पनि यस किसिमका स्किमहरूलाई निरन्तरता दिइराख्ने एमएडब्लु इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले बताए ।

आगामी केही दिनमा चोङबाङ काठमाडौं आउने र उनलाई बम्पर पुरस्कार हस्तान्तरण गर्ने कार्यक्रम रहेको तीरुपति अटो सिटीका सञ्चालक सञ्जोग पराजुलीले बताए ।

सम्बन्धित समाचारहरू

नयाँ डिजाइन र फिचरसहित २०२५ यामाहा एमटी ३ र आर३ लन्च हुने

नयाँ डिजाइन र फिचरसहित २०२५ यामाहा एमटी ३ र आर३ लन्च हुने

सन् २०२५ मा यामाहाले आफ्ना दुई बाइक यामाहा वाईजेडएफ-आर२ र एमटी-०३ लन्च गर्न...

३ बर्षभित्र बजार हिस्सा दोब्बरले बृद्धि गर्ने यामाहाको योजना

३ बर्षभित्र बजार हिस्सा दोब्बरले बृद्धि गर्ने यामाहाको योजना

यामाहा मोटर्स इण्डियाले सन् २०२५ सम्ममा भारतीय बजारमा आफ्नो हिस्सालाई...

यस्तो छ यामाहाको नयाँ स्कुटर रे जेडआर १२५ हाइब्रिडका विभिन्न भेरिएन्ट र तिनको मूल्य

यस्तो छ यामाहाको नयाँ स्कुटर रे जेडआर १२५ हाइब्रिडका विभिन्न भेरिएन्ट र तिनको मूल्य

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...