कपनमा मोटरहेडको आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा

काठमाडौं – मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले आफ्नो सर्भिस विस्तार गर्ने लक्ष्यलाई यथार्थता प्रदान गर्दै बुढानिलकण्ठ नगरपालिका, कपनस्थित बिमा समिति चोकमा सर्भिस सेन्टर विस्तार गरेको छ ।

आज एक समारोहका बीच वडा अध्यक्ष शुद्ध डंगोलबाट सर्भिस सेन्टरबाट उद्घाटन गरिएको छ । २० वर्ष देखि यसै क्षेत्रमा आवद्ध दीपक मोटरसाइकल वर्कसपका प्रोप्राइटर दीपक चौधरीलाई सो सर्भिस सेन्टरको आधिकारिकता प्रदान गरेको हो ।

चौधरीले आफू यस क्षेत्रमा लागेको १५ वर्ष भइसक्दा विभिन्न ब्राण्डका वाइकहरुको राम्रो ज्ञान भएको र काठमाडौंमा यो ब्रान्डको बढी सम्भावना देखिएको एवं विल्कुलै फरक सेग्मेन्टको मोटरहेड ब्राण्डका वाइकहरु पनि आफ्नो क्षेत्रमा प्रशस्त देख्न थालेको हुँदा उक्त ब्राण्डसँग आफू आवद्ध भएको बताए ।

हेर्दा नयाँ लुक्स, डिजाइन र फरक सेग्मेन्टमा उपलब्ध यी ब्राण्डका वाइकहरुमा आफ्नो पनि उत्तिकै चासो भएको हुनाले अबका आउने दिनमा यस ब्राण्डका ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै सहज रुपमा मोटरहेडका पार्ट्स पनि उपलब्ध गराउने थप उद्देश्य रहेको उनले बताए ।

कम्पनीले आज आधिकारिक सर्भिस सेन्टरको उद्घाटन गरी आज र भोलि दुई दिने एक्सचेन्ज क्याम्प पनि सञ्चालन गरेको छ । जसमा नगद खरीदमा १० हजार छुट, फाइनान्समा ७ हजार छुट र एक्सचेन्ज गर्दा बजार मूल्याकंनमा थप १५ हजार पाउने सुविधा रहेको छ । यसका साथै पार्ट्स र सर्भिसमा विशेष छुटको सुविधा र जुनसुकै ब्राण्डका वाइक ल्याउँदा फ्रि–वासको व्यवस्था समेत गरिएको बताइएको छ ।

कम्पनीले यस कार्यक्रममा सहभागी हुने ग्राहकहरुलाई आकर्षक उपहारको व्यवस्था समेत गरेको छ ।

सम्बन्धित समाचारहरू

बजेटपछि यी बाइक भए महंगो, अझै केही ब्रान्ड पुरानै मूल्यमा किन्न सकिने मौका

बजेटपछि यी बाइक भए महंगो, अझै केही ब्रान्ड पुरानै मूल्यमा किन्न सकिने मौका

आर्थिक वर्ष २०७९/८० को बजेटमा सरकारले २ सय सीसी बढी क्षमताका मोटरसाइकलमा...

मोटरहेडले ल्यायो ४ को चमत्कार, बाइक किन्दा पाइने यस्ता छन् चमत्कार

मोटरहेडले ल्यायो ४ को चमत्कार, बाइक किन्दा पाइने यस्ता छन् चमत्कार

काठमाडौं – नेपालका लागि मोटरहेड ब्रान्डको आधिकारिक वितरक एसएलआर टेक्नो...

चीनमा निर्मित इटालियन ब्रान्डका स्पोर्ट्स बाइक र स्कुटर नेपाली बजारमा

चीनमा निर्मित इटालियन ब्रान्डका स्पोर्ट्स बाइक र स्कुटर नेपाली बजारमा

काठमाडौं – नेपाली बजारमा चीनमा निर्मित इटालियन ब्रान्ड ‘टारो’ का...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...