यस्तो छ हिरोको २०२२ एक्सपल्स २००टी फोरभीको फर्स्ट लुक
नयाँ अपडेट गरिएको मोडलको टिजर सार्वजनिक गरेको केही दिनमै हिरोको नयाँ बाइक...
काठमाडौं - नेपाली बजारमा फोर भल्वयुक्त एड्भेन्चर मोटरसाइकल हिरो एक्सपल्स २०० फोरभी अंग्रेजी नयाँ वर्ष २०२२ को प्रारम्भिक समयमै उपलब्ध हुने भएको छ । नेपालका लागि हिरो मोटोकर्पको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ स्रोतका अनुसार जनवरी वा फेब्रुअरी महिना भित्रै यो मोटरसाइकल नेपाली बजारमा उपलब्ध हुने भएको छ ।
नेपाली बजारमा हिरो एक्सपल्स २०० निकै नै रुचाइएको मोटरसाइकल हो । नयाँ एक्सपल्स २०० फोरभी अझै पावरफुल रहेको छ ।
भारतीय बजारमा यसको मूल्य १ लाख २८ हजार भारु तोकिएको छ, जुन हाल प्रचलित स्ट्यान्डर्ड एक्सपल्स २०० भन्दा ५ हजार भारु बढी हो । हाल उपलब्ध एक्सपल्स २०० को मूल्य नेपालमा ४ लाख २ हजार रुपैयाँ छ । एक्सपल्स ४भी नेपाली बजारमा उपलब्ध भएमा यसको मूल्य ४ लाख १० हजार भन्दा बढी नै पर्ने अनुमान गर्न सकिन्छ ।
नयाँ एक्सपल्स २०० ४भीले १८.८ पावर र १७.३५ एनएम टर्क जेनेरेट गर्छ, जुन हाल प्रचलित एक्सपल्स भन्दा बढी हो । हालको स्ट्यान्डर्ड एक्सपल्स २०० ले १७.८ बीएचपी पावर र १६.४५ एनएम टर्क जेनेरेट गर्छ ।
इन्ट्री लेवलको सो एड्भेन्चर मोटरसाइकललाई पावरफुल बनाउनका लागि अन्य धेरै अपडेट समेत गरिएको छ । यसमा अपडेटेड ७ फिन आयल कुलर र सुधारिएको ट्रान्समिसन प्रयोग गरिएको छ । त्यसैगरी एलईडी हेडल्याम्प समेत छ ।
यो मोटरसाइकलमा ब्लुटुथ सपोर्ट र टर्न बाई टर्न नेभिगेसन सहितको फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, गियर इन्डिकेटर, सिंगल च्यानल एबीएस, लङ ट्राभल सस्पेन्सन, ड्युअल परपोज टायर आदि उपलब्ध छ ।
नयाँ अपडेट गरिएको मोडलको टिजर सार्वजनिक गरेको केही दिनमै हिरोको नयाँ बाइक...
हिरो मोटोकर्पले भारतमा नयाँ २०२६ हिरो एक्स्ट्रिम १६०आर ४भी कम्ब्याट एडिसन...
हिरो मोटोकर्पको बहुप्रतीक्षित ४४० सीसीको बाइक ल्याउने भएको छ र यसको नाम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...