हिरो स्प्लेन्डरलाई इलेक्ट्रिक गराउन मन छ ? आयो यस्तो इलेक्ट्रिक किट, फुल चार्जमा १५१ किमी

हिरो मोटोकर्पले अहिलेसम्म एउटा पनि इलेक्ट्रिक मोटरसाइकल वा इलेक्ट्रिक स्कुटर लन्च गरेको छैन । तर कम्पनीको सबैभन्दा बढी बिक्री हुने बाइक हिरो स्प्लेन्डरको लागि आवश्यक विद्युतीय किट आइपुगेको छ, जसलाई मुम्बई स्थित ठाणेको स्टार्टअप कम्पनी गोगोए१ ले पेश गरेको छ । आफूले चाहेको बेलामा सो बाइकमा विद्युतीय किट जडान गर्न सकिन्छ । कम्पनीको दाबी अनुसार सो स्कुटरले एक पटक चार्जमा १५१ किलोमिटरसम्म चल्न सक्छ ।

हिरो स्प्लेन्डर किनेका र पेट्रोलको महँगीले हैरान भएकाहरुले यो बाइकमा विद्युतीय किट जडान गरेर पैसा बचत गर्ने विकल्प रहेको छ । हिरो स्प्लेन्डरको लागि यो विद्युतीय किटको प्रयोगलाई आरटीओले पनि अनुमोदन गरेको छ । हिरो स्प्लेन्डर ईभी कन्भर्सन किटको मूल्य ३५ हजार भारु राखिएको छ । सो बाइक किन्दा ६ हजार ३ सय भारु जीएसटीको साथ करिब ४२ हजार भारु इलेक्ट्रिक किट समावेश रहेको छ । बाइकमा ५० हजार भारु भन्दा कममा इलेक्ट्रिक किट पनि जडान गर्न सकिन्छ ।

हिरो स्प्लेन्डर इलेक्ट्रिक किटमा ३ वर्षको वारेन्टी दिइएको छ । खरिदकर्ताले गोगोए१को साइटमा गएर यसलाई अर्डर गर्न सकिन्छ । हिरो मोटोकर्पले चाँडै नै भारतमा आफ्नो पहिलो इलेक्ट्रिक स्कुटर लन्च गर्न गइरहेको छ, जुन विगतमा पनि देखाइएको छ । आगामी दिनहरूमा कम्पनीले इलेक्ट्रिकमा थप नयाँ मोडलहरू लन्च गर्ने सम्भावना रहेको छ ।

सम्बन्धित समाचारहरू

हिरोले नयाँ २५० सीसी बाइक ल्याउँदै, टिजर सार्वजनिक

हिरोले नयाँ २५० सीसी बाइक ल्याउँदै, टिजर सार्वजनिक

हिरो मोटोकर्पले नयाँ २५० सीसी मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले सो...

हिरो इलेक्ट्रिकले ल्यायो स्टाइलिस इलेक्ट्रिक स्कुटर एड्डी, आउन सक्छ नेपाल

हिरो इलेक्ट्रिकले ल्यायो स्टाइलिस इलेक्ट्रिक स्कुटर एड्डी, आउन सक्छ नेपाल

भारतीय इलेक्ट्रिक स्कुटर निर्माता कम्पनी हिरो इलेक्ट्रिकले स्टाइलिस...

हिरो एक्सपल्स २०० र एक्स्ट्रिम १६० आरको मूल्य ३ हजार रुपैयाँले बढ्यो

हिरो एक्सपल्स २०० र एक्स्ट्रिम १६० आरको मूल्य ३ हजार रुपैयाँले बढ्यो

काठमाडौं – हिरोको नेपाली बजारमा रहेको लोकप्रिय एड्भेन्चर मोटरसाइकल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...