बिएमडब्लुले ल्यायो ४५० सिसीको नयाँ मोटरसाइकल, ३१० जिएसलाई प्रतिस्थापन गर्ने
काठमाडौं–बिएमडब्लु मोटोरार्डले इटालीको मिलानमा हालै सम्पन्न इक्मा अटो...
बीएमडब्ल्युले यो बर्ष भारतमा हालसम्मकै धेरै युनिट बाइक बिक्रि गरेको छ । कम्पनीका अनुसार यो बर्ष उसले कुल ५ हजार युनिट बाइक भारतमा बिक्री गरेको हो । जसलाई कम्पनीले हालसम्कै किर्तिमानिी बिक्री रेकर्ड भनेको छ । अघिल्लो बर्ष भारतमा जम्मा २ हजार ५ सय ६३ युनिट बाइक बिक्री भएकोमा यो बर्ष ९५ प्रतिशतले बढेर उक्त किर्तीमानी रेकर्ड हाँसिल भएको हो ।
भारतमा बीएमडब्ल्यु बाइकलाई टिभिएस मोटर्सको प्लानटमा उत्पादन गरिँदै आएको छ । ४ बर्षअघि भारत छिरेको यो ब्रान्डले २ महिना अघिमात्र जी ३१० आर र ३१० जीएसको उत्पादन १ लाख युनिट नाघेको बताएको थियो । टिभिएससंगको सहकार्यमा भारतमा उत्पादन हुने यो बाइकलाई कम्पनीले बिश्वका १२० देशमा निर्यात गर्दै आइरहेको छ । प्रिमियम सेग्मेन्टमा यसले भारत लगायत अन्य राष्ट्रमा समेत राम्रो बजार लिँदै गएको कम्पनीले बताएको छ ।
यी दुई मोडल बाहेक भारतमा यसको सि ४०० जिटी, आर १२०० जिएस/जिएसए, आर १८ क्लासिक, एस १००० आर र एम १००० आरआर जस्ता उच्च सिसी क्षमताका बाइकहरुको समेत कारोबार हुँदै आइरहेको छ ।
बीएमडब्ल्युले ४ बर्षपछि जि ३१० ट्विनको नयाँ मोडल बिएस ६ भर्सनलाई हालै बजारमा उतारेको छ । जुन टिभिएसले सार्बजनिक गरेको अपाचे आरआर ३१० बिएस ६ भर्सनमा आधारित रहेको छ । यी दुबै बाइकमा ३१२ सिसी क्षमताको सिंगल सिलिन्डर, फ्युल इन्जेक्टेड, लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ । यी बाइकलाई नेपाल ल्याउने तयारी स्वरुप आधिकारिक बितरक हिमालयन मोटोरार्डले बुकिङ समेत खुल्ला गरिसकेको छ ।
काठमाडौं–बिएमडब्लु मोटोरार्डले इटालीको मिलानमा हालै सम्पन्न इक्मा अटो...
बीएमडब्ल्युले चाँडै नै भारतीय बजारमा नयाँ इलेक्ट्रिक स्कुटर ल्याउने...
नेपाली बजारमा बीएस६ इन्जिनयुक्त बीएमडब्ल्यु जी३१०आर मोटरसाइकल बिक्रीका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...