लमजुङमा मोटरहेड नाइट आउट राइड सम्पन्न

काठमाडौं – हाल युवा राइडरमाझ प्रचलित नाइट आउट ट्रेन्डलाई पछ्याउदै मोटरहेडले समेत यस्तै कार्यक्रम आयोजना गरेको छ । मोटरहेडको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडको नवलपरासी, कावासोतीस्थित डिलर दीपक मोटरसाइकल सोरुममार्फत सो कार्यक्रम सम्पन्न गरिएको हो ।

गत बिहीबार सोरुमबाट लमजुङ घलेगाउँ हुँदै भुजुङ सम्म पुगेका मोटरहेड बाइक राइडरहरु विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा सहभागी भएका थिए । मोटरहेडका विभिन्न मोडलका बाइकमा सवार १५ राइडर मध्ये कार्यक्रममा उत्कृष्ट राइडरहरुलाई पुरस्कृत समेत गरिएको थियो । उनीहरु घलेगाउँमा रात बिताएर अर्को दिन भुजुङ पुगेका थिए ।

आफ्ना अन्य क्षेत्रका ग्राहकहरुलाई पनि आगामी दिनमा यस प्रकारको कार्यक्रममा सहभागी गराउने बिक्री प्रबन्ध सुरेन्द्र कार्कीले जानकारी दिए । यसबाट आन्तरिक पर्यटनको प्रवद्र्धन हुने र ग्राहक तथा कम्पनीबीचको सम्बन्ध समेत सुमधुर हुने कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

इटहरीमा खुल्यो टारो ब्रान्डका बाइक र स्कुटरको शोरुम, दशैै स्किममा थप छुट

इटहरीमा खुल्यो टारो ब्रान्डका बाइक र स्कुटरको शोरुम, दशैै स्किममा थप छुट

एसजी ग्रुप अन्तर्गत ओम मोटोकर्प प्रालिले गत वर्ष नेपाली वजारमा...

मूल्य, पावर र फिचर्स अनुसार २५० सीसीमा बढ्दो प्रतिस्पर्धा : डेली कम्युट देखि टुरिङ सम्म

मूल्य, पावर र फिचर्स अनुसार २५० सीसीमा बढ्दो प्रतिस्पर्धा : डेली कम्युट देखि टुरिङ सम्म

नेपालको टु ह्विलर बजारमा २५० सीसी सेग्मेन्टका बाइकको बिक्री खासै...

टारो ब्रान्डको बाइक अब ८० हजार कम मूल्यमा उपलब्ध

टारो ब्रान्डको बाइक अब ८० हजार कम मूल्यमा उपलब्ध

काठमाडौं – नेपालमा टारो ब्रान्डका बाइक बिक्री गरिरहेको ओम मोटोकर्प...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...