एमजी–४ को मूल्य ४१.४९ लाख र कमेटको १८ लाखदेखी शुरु
नेपाली अटो बजारमा केही समयदेखी चर्चा कमाउँदै आएका एमजी–४ र कमेट ईभीको...
भारतीय बजारमा हालै सार्बजनिक भएका ४ भिन्न ब्रान्डका बहुप्रतिक्षत कारहरु माग बमोजिम आपूर्ती हुन सकिरहेका छैनन् । जसका कारण यी गाडीलाई हात पार्न भारतमै १ बर्षसम्म कुर्नुपर्ने देखिएको छ । भारतीय बजारमै अभाब झेलिरहेको महिन्द्रा एक्सयुभी ७००, टाटा पन्च, एमजी एस्टर र मारुती सुजुकीको नयाँ जेनेरशेन सेलेरियो हात पार्न लामै समय कुर्नु पर्ने देखिएको हो ।
२ महिना अघि सार्बजनिक गरिएको महिन्द्रा एक्युभी ७०० हात पार्न भारतमै ग्राहकले १ बर्षसम्म कुर्नुपर्ने देखिएको छ । अत्याधिक माग भएको यो एसयुभीको बुकिङ अझैपनि ७५ हजार माथी रहेको छ । त्यसैगरी टाटा मोटर्सले २ महिना अघि लन्च गरेको माइक्रो एसयुभी पन्चको माग समेत अत्याधिक मात्रामा बढिरहेको छ । यो एसयुभी हात पार्न ग्राहकले ८ महिनासम्म कुर्नुपर्ने देखिएको छ ।
एमजी मोटर्सले लन्च गरेको एस्टर सब फोर मिटर एसयुभी एस्टर समेत अत्याधिक माग गरिएको एसयुभी हो । कम मूल्यमा फिचर्स लोडेड बिशेषताका कारण यो एसयुभीको माग बढिरहेको छ । २ महिना अघि लन्च गरिएको यो एसयुभी हात पार्न ग्राहकले ४ महिनासम्म कुर्नुपर्ने देखिएको छ ।
मारुती सुजुकीले अघिल्लो महिनामात्र लन्च गरेको नयाँ जेनेरेशन सेलेरियोको माग समेत अहिले उच्च गतिमा बढिरहेको छ । सबैभन्दा बढी माइलेज प्रदान गर्ने दाबी गरिएको यो ह्याचब्याकलाई हात पार्न ग्राहकले ३ महिनासम्म कुर्नुपर्ने देखिएको छ ।
भारतीय बजारमा हालसालै लन्च गरिएका यी कारको माग अन्तरिक बजरमै उच्च रहेका कारण नेपाल भित्रिन केही समय लाग्ने देखिन्छ । सोही कारण पनि हालसम्म नेपालस्थित आधिकारिक बिक्रेताहरुले यी कारलाई नेपाल भित्राउने मित तय गर्न सकिरहेका छैनन् ।
नेपाली अटो बजारमा केही समयदेखी चर्चा कमाउँदै आएका एमजी–४ र कमेट ईभीको...
एमजी मोटर इण्डियाले अघिल्लो महिना हालसम्मकै सर्बाधिक युनिट कार उत्पादन...
एमजीको लोकप्रिय इलेक्ट्रिक एसयूभी जेडएस ईभीको फेसलिफ्ट मोडल नेपाल आएको एक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...