जेडएस ईभीको बढ्दो लोकप्रियताले एमजी हेक्टरको बजारलाई कस्तो पार्ला प्रभाव ?

पारामाउन्ट मोटर्सले हिजो एमजी हेक्टरलाई नेपाली बजारमा औपचारिक लन्च गरेको छ । नेपाली बजारका लागि समेत निकै प्रतीक्षा गरिएको यो एसयूभी ढिलै गरी भएपनि नेपाल भित्रिएपछि भोलिका दिनमा यसको बजार कस्तो रहला भन्ने विषयमा अहिले चासो बढ्न थालेको छ ।

भारतीय बजारमा २ बर्षअघि नै लन्च भएको हेक्टरले त्यसयता नेपाली ग्राहकको समेत ध्यान खिच्दै आएको थियो । कम्प्याक्ट एसयूभीको बजार तीव्र गतिमा विस्तार भैरहेको नेपाली बजारमा यो एसयूभीको बजारलाई भने एमजीकै जेडएस ईभीको लोकप्रियताले ओझेलमा पार्ने सम्भावना देखिएको छ ।

नेपाली बजारमा सर्बाधिक बिक्री हुने ईभीका रुपमा परिचित जेडएसको बढ्दो लोकप्रियताले यो ब्रान्डका अन्य एसयूभीलाई समेत ओझेलमा पारेका कारण यस्तो अनुमान लगाइएको हो । जेडएस ईभी बाहेक एमजीसँग जिएस, जेडएस र एचएस मोडलका एसयूभी समेत उपलब्ध भएपनि यी मोडल खासै सफल हुन सकिरहेका छैनन् । जेडएस ईभी आउनुअघि राम्रै संख्यामा बिक्री भैरहेको इन्धनबाट चल्ने जेडएसको बिक्री समेत यही ईभीको लोकप्रियताका कारण प्रभावित बनेका कारण हेक्टरमा समेत यही अवस्था नदेखिएला भन्न सकिँदैन ।

बजारमा अहिले धेरै ग्राहकले एमजी भन्ने वित्तिकै जेडएस ईभी भनेर चिन्ने गरेको पाइन्छ । मूल्यका हिसावले समेत सबैभन्दा सस्तो यो ईभीको माग अहिले बजारमा धान्नै नसक्ने गरी बढिरहेको छ । ५१ लाख रुपैयाँमा फिचर्स लोडेड र आकर्षक लुक्स भएको इलेक्ट्रिक एसयूभी खरिद गर्न पाइएपछि ग्राहकको आकर्षण यसमा बढ्न थालेको हो ।

यस्तो छ नयाँ हेक्टर
१.५ लिटरको टर्बोचार्ज्ड इन्टरकुल इन्जिनयुक्त हेक्टर एमटी र सीभीटी दुवै भेरिएन्टमा उपलब्ध छ । यसमा रहेको १.५ लिटर टर्बो पेट्रोल इन्जिनले १४३ एचपीको पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ । इन्जिनमा ६ स्पिड म्यानुअल गियरबक्स स्ट्यान्डर्ड समावेश गरिएको छ ।

हेक्टर साइन एमटीको मूल्य ५९ लाख ९९ हजार, स्मार्ट एमटीको मूल्य ६७ लाख ९९ हजार र सार्प एमटीको मूल्य ७३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी हेक्टर साइन सीभीटीको मूल्य ६४ लाख ९९ हजार, स्मार्ट सीभीटीको मूल्य ६७ लाख ६० हजार र सार्प सीभीटीको मूल्य ७८ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।

फरक शैली र कार्यका लागि हेक्टर भारतमा निकै नै रुचाइएको एसयूभी हो । यसमा एसयूभी क्याटागोरीमै पहिलो पटक बोल्ड फ्रन्ट क्रोम ग्रिल, प्रोजेक्टर हेडल्याम्प, स्टाइलिस आर १७ सिल्भर एलोइज, इलेक्ट्रिक सनरुफ, पुस बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक, २६.४ सेमीको एचडी टचस्क्रिन सिस्टम र अन्य धेरै विशेषता छन् ।

त्यसैगरी एमजी हेक्टर एसयूभीमा ड्युअल फ्रन्ट एयरब्याग्स, ईबीडीको साथमा एबीएस, ईएसपी, ट्रयाक्सन कन्ट्रोल, रियर पार्किङ सेन्सर र चारै ह्विलमा डिस्क ब्रेक जस्ता फिचर रहेको छ ।

सम्बन्धित समाचारहरू

बुधबार लन्च हुँदै एमजीको कोमेट इलेक्ट्रिक कार

बुधबार लन्च हुँदै एमजीको कोमेट इलेक्ट्रिक कार

एमजी मोटरले आफ्नो सानो इलेक्ट्रिक कार कोमेट ईभी पेश गरेको छ । यो हाल...

सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिले अझ स्मार्ट बन्दै एमजीका ईभी

सोलिडकोर ब्याट्री र हाइब्रिड प्लस प्रविधिले अझ स्मार्ट बन्दै एमजीका ईभी

काठमाडौं–एमजीले नयाँ प्रविधिसहितका हाइब्रिड कारहरू विकास गरिरहेको छ । यी...

एमजी एस५ को मूल्य सार्वजनिक, तीन भेरिएन्टको यस्तो हुनेछ मूल्य

एमजी एस५ को मूल्य सार्वजनिक, तीन भेरिएन्टको यस्तो हुनेछ मूल्य

काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने एमजी एस५ को मूल्य सार्वजनिक भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...