सुरुवाती मूल्य ६० लाख सहित नेपाली बजारमा सार्वजनिक भयो एमजी हेक्टर

काठमाडौं – मोरिस ग्यारेज (एमजी) को आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपाली बजारमा बहुप्रतीक्षित हेक्टर एसयूभ सार्वजनिक गरेको छ । कम्पनीको नक्सालस्थित सोरुममा एक कार्यक्रमका बीच गाडी र यसको मूल्य सार्वजनिक गरिनुका साथै गाडी डेलिभरी समेत गरिएको छ ।

१.५ लिटरको टर्बोचार्ज्ड इन्टरकुल इन्जिनयुक्त हेक्टर एमटी र सीभीटी दुवै भेरिएन्टमा उपलब्ध छ । यसमा रहेको १.५ लिटर टर्बो पेट्रोल इन्जिनले १४३ एचपीको पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ । इन्जिनमा ६ स्पिड म्यानुअल गियरबक्स स्ट्यान्डर्ड समावेश गरिएको छ ।

हेक्टर साइन एमटीको मूल्य ५९ लाख ९९ हजार, स्मार्ट एमटीको मूल्य ६७ लाख ९९ हजार र सार्प एमटीको मूल्य ७३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी हेक्टर साइन सीभीटीको मूल्य ६४ लाख ९९ हजार, स्मार्ट सीभीटीको मूल्य ६७ लाख ६० हजार र सार्प सीभीटीको मूल्य ७८ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।

फरक शैली र कार्यका लागि हेक्टर भारतमा निकै नै रुचाइएको एसयूभी हो । यसमा एसयूभी क्याटागोरीमै पहिलो पटक बोल्ड फ्रन्ट क्रोम ग्रिल, प्रोजेक्टर हेडल्याम्प, स्टाइलिस आर १७ सिल्भर एलोइज, इलेक्ट्रिक सनरुफ, पुस बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक, २६.४ सेमीको एचडी टचस्क्रिन सिस्टम र अन्य धेरै विशेषता छन् ।

त्यसैगरी एमजी हेक्टर एसयूभीमा ड्युअल फ्रन्ट एयरब्याग्स, ईबीडीको साथमा एबीएस, ईएसपी, ट्रयाक्सन कन्ट्रोल, रियर पार्किङ सेन्सर र चारै ह्विलमा डिस्क ब्रेक जस्ता फिचर रहेको छ ।

नेपाली बजारमा एमजी हेक्टर एसयूभीले एउटा नयाँ बेन्चमार्क कायम गर्ने र एसयूभी पारखीको ध्यान खिच्ने विश्वास लिएको कम्पनीको भनाइ छ ।

सम्बन्धित समाचारहरू

एआई र ५ स्पेसल फिचर सहित एमजीले ल्याउदै छ पहिलो कम्प्याक्ट एसयूभी

एआई र ५ स्पेसल फिचर सहित एमजीले ल्याउदै छ पहिलो कम्प्याक्ट एसयूभी

एमजी मोटर इन्डियाले हालै नयाँ कम्प्याक्ट एसयूभी एमजी एस्टरको टिजर...

२०२३ मा आउदै छन् यी १० नयाँ एसयूभी

२०२३ मा आउदै छन् यी १० नयाँ एसयूभी

सन् २०२२ मा बजारमा धेरै एसयूभी लन्च भए । यी मध्ये क्रसओभर र सब कम्प्याक्ट...

पुष ५ देखी ‘एमजी विन्टर  कार्निभल’ हुँदै, एक्सचेन्ज र टेष्ट ड्राइभसहित विभिन्न कार्यक्रम हुने

पुष ५ देखी ‘एमजी विन्टर कार्निभल’ हुँदै, एक्सचेन्ज र टेष्ट ड्राइभसहित विभिन्न कार्यक्रम हुने

काठमाढौं– एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...