यामाहाले लन्च गर्यो डब्लुआर १५५ आरको मोन्स्टर इनर्जी एडिसन

जापनिज टु ह्विलर निर्माता यामाहाले डब्लुआर १५५ आरको मोन्स्टर इनर्जी एडिसन लन्च गरेको छ । इन्डोनेशियामा लन्च गरिएको यो बाइकको मूल्य भारतीय रुपैयाँ २ लाख हाराहारी पर्ने बताइएको छ । आर१५ को प्लाटफर्ममा निर्माण गरेपनि पावर र टर्क भने केही मात्रामा बढाइएको कम्पनीले जनाएको छ । यो नयाँ बाइकमा भिभिए प्रबिधीमा आधारित १५५ सीसी सिंगल सिलिन्डर एसओएचसी लिक्वड कुल्ड इन्जिन जडान गरिएको छ ।

सिग्नेचर डार्क ब्लु कलर स्किमका साथ डिजाइन गरिएको यो बाइकको फ्युल ट्यांकसंगै कोरिएको मोन्स्टर ग्राफिक्स, सिट र फेन्डरमा समेत सोही कलरलाई समायोजन गरिएको छ । एलसिडी इन्स्ट्रुमेन्ट कन्सोलमा समय, ट्रिप, एभरेज फ्युल खपत र गियर पोजिसनलाई नियाल्न सकिन्छ । सिंगल पिस सिट दिइएको यो बाइकमा ८.१ लिटर इन्धन अट्ने फ्युल ट्यांक उपलब्ध गराइएको छ ।

सिंगल पिस ह्यान्डल बारका कारण यो बाइकमा राइड गर्दा आराम पन महशुस गर्न सकिने बताइएको छ । बाइकको अगाडी ४१ एमएमको टेलिस्कोपिक फर्क र पछाडी मोनोशक सस्पेन्सन जडान गरिएको छ । त्यसैगरी अगाडीको चक्कामा २४० एमएम र पछाडी २२० एमएमको पेटल डिस्क ब्रेक दिइएको छ । यो यामाहाको इन्ट्रि लेभल डुअल स्पोर्ट अफरोडर बाइक हो ।

सम्बन्धित समाचारहरू

३ लाख ८० हजारमा आयो एफजेड भी३ स्ट्यान्डर्ड, यस्तो छ फिचर र पर्फमेन्स

३ लाख ८० हजारमा आयो एफजेड भी३ स्ट्यान्डर्ड, यस्तो छ फिचर र पर्फमेन्स

काठमाडौं– यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु...

७० औँ वार्षिकोत्सवको अवसरमा यामाहा नेपालको देशव्यापी एक्सचेन्ज इभेन्ट

७० औँ वार्षिकोत्सवको अवसरमा यामाहा नेपालको देशव्यापी एक्सचेन्ज इभेन्ट

काठमाडौं । यामाहा नेपालले यामाहाको इनोभेसन, स्टाइल र पर्फर्मेन्सले भरिएको...

इन्द्र नारायण चोङबाङ भए यामाहा ‘रेस फर द एस’का विजेता, १२ तोला सुन पाउने

इन्द्र नारायण चोङबाङ भए यामाहा ‘रेस फर द एस’का विजेता, १२ तोला सुन पाउने

काठमाडौँ – यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...