९ प्रतिशत व्याजदरमा हिरो मोटरसाइकल तथा स्कुटर
हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ...
हिरोले केही महिना अघि पहिलो इलेक्ट्रिक सवारी साधन आगामी मार्च २०२२ सम्ममा बजारमा ल्याउनका लागि तयार भइरहेको बताएको थियो । यसै सन्दर्भमा केही दिन अघि हिरो मोटोकर्पले भिडा नामको ट्रेडमार्क दर्ता गरेको थियो । यसका आधारमा आगामी दिनमा हिरोले ‘भिडा’ नामक नयाँ ब्रान्डमा इलेक्ट्रिक सवारी साधन ल्याउने अनुमान गरिएको छ ।
कम्पनीले भिडा इलेक्ट्रिक, भिडा मोबिलिटी, भिडा ईभी, भिडा मोटोकर्प, भिडा स्कुटर र भिडा मोटरसाइकल जस्ता नामका लागि ट्रेडमार्क दाखिला दिएको थियो । मिडिया रिपोर्टका अनुसार कम्पनीको नयाँ इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधन भिडा ब्रान्ड अन्तर्गत आउन सक्ने निश्चित छ । हिरो मोटोकर्प र हिरो इलेक्ट्रिकबीच भएको समझदारी अनुसार हिरो मोटोकर्पले ‘हिरो’ नाममा कुनै पनि इलेक्ट्रिक सवारीसाधन बिक्री गर्न नपाउने भएकाले यस्तो अनुमान गरिएको हो ।
हिरो मोटोकर्पले ताइवानको ब्राण्ड गोगोरोसँग ब्याट्री स्वाापिङ प्रविधिका लागि सम्झौता गरेको थियो । तसर्थ कम्पनीका भविष्यका ईभीहरुमा ब्याट्री हटाउन मिल्ने सवारी लन्च हुनेछ ।
कम्पनीका सीईओ पवन मुन्जालले हिरो मोटोकर्प इलेक्ट्रिक स्कुटरको झलक सार्वजनिक गरेका थिए, जुन ब्रान्डको पहिलो इलेक्ट्रिक स्कुटर हुन सक्छ । सो मोडलले भारतमा ओला एस१ प्रो, एथर ४५०एक्स, बजाज चेतक र टीभीएस आईक्यूबसँग प्रतिस्पर्धा गर्नेछ ।
कम्पनीले चाँडै नै इलेक्ट्रिक बाइक लन्च गर्ने अनुमान गरिएको छ । जसलाई कम्पनीको पहिलो इलेक्ट्रिक स्कुटर आएको केही महिना पछि लन्च गर्नेछ । यदि यसो भएमा इलेक्ट्रिक बाइक सेग्मेन्टमा रिभोल्ट आरबी४००सँग प्रतिस्पर्धा हुनेछ ।
हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता नेपाल जनरल मार्केटिङ...
नेपाली मोटरसाइकल राइडर दीपक साह भारतको हिमाचल प्रदेशको चाम्बामा आयोजित...
काठमाडौं – मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...