आयो मोटरहेडको महा चाड महा बचत अफर : बाइकमा २५ हजार देखि १ लाख सम्म छुट
काठमाडौं –मोटरहेड ब्रान्डका बाइकको नेपालको लागि आधिकारिक वितरक एसएलआर...
क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक क्लासिक ह्विल्स एक्स्पोर्ट एन्ड इम्पोर्ट प्रालिले नयाँ बाइक ट्रेकर २५० अपडेटेड भर्सन यसअघि बुकिङ लिएर बसेका ग्राहकलाई बितरण गर्न शुरुवात गरेको छ । ३ महिनाअघि नेपाली बजारमा भित्रिएको ट्रेकरलाई कम्पनीले हालसालैमात्र अपडेट गरेर बजारमा सार्बजनिक गरेको थियो ।
२५० सीसी सेग्मेन्टमा सबैभन्दा सस्तो बाइकका रुपमा सार्बजनिक गरिएको यो बाइकको मूल्य सुरुवाती समयमा ३ लाख ४८ हजार रुपैयाँ तोकिएको थियो । पछि अपडेट गरेर ल्याइएको नयाँ बाइकको मूल्य भने ३ लाख ७५ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
यसअघि बुकिङ लिएका ग्राहकलाई डेलिभरी संगसंगै नयाँ बुकिङ समेत खुल्ला गरिएको कम्पनी स्रोतले बताएको छ । यसै महिनाको १२ गतेसम्म बुकिङ लिने ग्राहकलाई एउटा आकर्षक हेल्मेट निशुल्क प्रदान गरिनुको साथै ५ हजार रुपैयाँ नगद छुट समेत प्रदान गरिने बताइएको छ ।
यस्तो छ नयाँ अपडेटेड भर्सन
नयाँ ट्रेकरको ग्राफिक्स र फिचर्समा परिबर्तन गरिएको छ । साथै यसको पावर तथा पर्फमेन्समा समेत सुधार गरिएको छ । नयाँ बाइकले पहिलेको तुलनामा बढी माइलेज प्रदान गर्ने समेत बताइएको छ । उत्कृष्ट ह्यान्डलिङका कारण यो बाइकमा यात्रा गर्दा रमाइलो महशुस हुनेछ ।
यो नयाँ बाइकमा युएसबी चाजिर्ङ पोर्ट, डिजिटल इन्स्ट्रुमेनट कन्सोल, गियर इन्डिकेटर थप गरिएको छ । यसअघिको मोडलमा ५ स्पीडको गियरबक्स दिइएकोमा नयाँ बाइकमा यसलाई बढाएर ६ स्पिड पुर्याइएको छ । जसका कारण पहिलेको तुलनमा राम्रो पर्फमेन्स दिने दाबी गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...