सोमबारबाट जोरबिजोर प्रणाली हटाइने
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले (सीसीएमसी)ले सवारी साधनमा...
आज लगभग दुई वर्षमा पनि अझै विश्व कोभिड–१९ को महामारीबाट पूर्ण रुपमा बाहिर आइसकेको छैन । कुन नयाँ रुपमा कता फेरि देखिने हो, यसको स्वरूप कस्तो हुने हो, बैज्ञानिक आफै अनभिज्ञ नै छन् । खोजी जारि छ । यसबाट बच्नका लागि आजसम्म उपोयोगी सिद्ध भएको प्रयोग सामाजिक दूरी कायम गरी मास्कको प्रयोग गर्नु नै हो ।
खोप दोस्रो दर्जामा छ किनकी यसको प्रभावकारिता को अध्ययन जारि नै छ । तर हामी सबैलाई मास्क प्रयोग गर्न सुझाव दिन्छौं अनि प्रयोग पनि गर्छौं । तर मास्कको बारेमा लगभग शून्य नै जानकारी राख्दछौं ।
कोभिड–१९ को उत्पत्ति प्रकृतिसँगको खेलबाडले भएको होस् या जुनसुकै कारणबाट भएको होस्, लाखौ आफन्त अनायासै गुमेकालाई सोध्नु पर्छ पीडा के हो भनेर । अझै राम्रै तंग्रिन नसकेकालाई सोध्नु पर्छ दुखाइ के हो भनेर । अनि अनुभूति गर्न सक्छौ, प्रकृतिसँगको यो अप्राकृतिक तालमेलले हामीलाई फेरि फेरि यस्ता दुःखको दिनमा फसाइरहने छ ।
आज विश्वभरमा प्रथम दर्जाको अनिवार्यता भनेको मास्कको पहिरन हो । यसलाई कोरोनाबाट बच्न हामीले प्रयोग गर्छौ । तर यसको उचित व्यवस्थापनमा ध्यान दिइएन भने यसबाट वातावरण, जल तथा भूमिमा प्रत्यक्ष रुपमा ठूलो मात्रामा नै हानी हुने लगभग पक्का नै छ ।
मास्क के ले बन्छ ? सोचौं, प्रायः सबै खालका डिस्पोजेबल मास्क पोलिप्रोपेलिन प्लास्टिकबाट बन्छ । रिसर्च फर ओसियन एसियाका निर्देशक टिल फेल्प्स बोन्डारोफका अनुसार जब यस प्रकारका प्लास्टिकहरु साना टुक्रामा विभाजन हुन्छन्, यिनीहरु ४५० वर्ष भन्दा बढी समय बिलय हुन लगाउछन् । यसबाट वातावरण निकै नै प्रभावित हुने कुरामा प्रायः निश्चित छन् विद्वानहरु । टिल फेल्प्स बोन्डारोफ यी कुरामा निकै चिन्तित पनि देखिन्छन् ।
युनिभर्सिटी अफ साउदर्न डेनमार्कको एउटा लेख अनुसार यो कोरोनाको प्रकोप पश्चात हरेक मिनेट विश्वमा करिब ३० लाख यस्ता मास्क फालिन्छन्, जुन आउने दिनहरुमा वातावरणका लागि एउटा ठूलो चुनौती हुनेछ ।
एक घण्टामा लगभग एक करोड ८० लाख मास्क फ्याकिन्छन् ।
वातावरण, जल तथा भूमिमा प्रत्यक्ष रुपमा ठूलो मात्रामा हानी हुने ।
मास्क माटोमा विलय नहुने अवगुणले ठूलो मात्रामा जमिनको उर्वरताको हृास हुने पक्का नै छ । जमिनको मात्र कुरा नभई जलका जीवहरु यसबाट अबका दिनहरुमा निकै प्रभावित हुने प्रायः निश्चित नै छ । अर्को खोला, सरोबर, तालमा हुने मास्क विसर्जनबाट पानी नै विषाक्त भई अर्को महामारी न आउन सक्ला भन्ने छैन ।
मास्कमा अर्को उचित विसर्जन नभए सात दिन सम्म कोरोनाका भाइरस रहने तथ्य फेरि नसुनिएको पनि होइन, तसर्थ हर तर्फबाट असहज परिस्थिति सिर्जना हुने आँकलन सजिलै गर्न सकिन्छ । यदि उचित व्यवस्थापनको आधारशीला र वातावरणीय प्रभावको बारेमा सही मार्ग समातिएन भने ठूलो दुर्घटना हुन सक्छ भन्ने वारेमा अनुसन्धानकर्ताहरुले साइन्टिफिक जर्नल ‘फ्रोन्टियर्स अफ इनभाइरोमेन्ट साइन्स एन्ड इन्जिनियरिङ’ मार्फत सबैमा सचेत गराइरहेका छन् ।
अनुसन्धानकर्ताहरु युनिभर्सिटी अफ साउदर्न डेनमार्कका वातावरणीय टक्सिकोलोजिस्ट एल्भिस गेन्बो जु तथा प्रिन्सटन युनिभर्सिटीका सिभिल एन्ड इनभाइरोमेन्टल इन्जिनियरिङ विमागभा प्राध्यापक झ्योङ जेसोन रेनका अनुसार यो प्लास्टिक झोला जस्तो स्थिति भन्दा धेरै संवेदनशील अवस्था रहेको स्थिति हो किन भने मास्क आफैमा एउटा सुक्ष्म स्वरुपको प्लास्टिक फाइबर (माइक्रो साइज्ड प्लास्टिक) हो, जसको बाक्लोपन जम्मा १ देखि १० माइक्रोमिटर हुने हुँदा जब वातावरणमा यो फालिन्छ, यो अझ सानो रुपमा विभाजित हुन्छ । हरेक मिनेट ३० लाख मास्क जव वातावरणमा हामीले फ्याकिरहेका छौ भने यसको प्रभाव आफै महसुस गर्न सकिन्छ ।
भोलिका दिनमा मास्कको प्लास्टिक कति माटोमा रहन्छन् वा के हुनेछ त्यो भविष्यले नै बताउने छ । तर अरु प्लास्टिकका टुक्रा जस्तै यो डिस्पोजेबल मास्कले पनि विस्फिनोल ए, हेभी मेटल्स अनि प्याथोजेनिक माइक्रो अर्गानिजमहरु सञ्चय गरी यस्ता खतरनाक केमिकल तथा बायोलोजिकल पदार्थ रिलिज गर्ने छन्, जसको नकारात्मक प्रभाव बोटबिरुवा, जनावर अनि मान्छे लगायत पुरा इकोसिस्टममा पर्ने पक्का छ ।
हाम्रो जस्तो देशमा चेतनाको स्तर बाटोमा फालिएको फोहोरबाट नै आँकलन गर्न सकिन्छ । यस्तो अवस्थामा रहेको मुलुकमा वातावरणीय प्रभावको महत्व वारेमा झन् धेरैले महत्व राख्ने सम्भावना हुँदैन । तर पनि सचेतता अपनाएमा अवश्य पनि फाइदा पुग्ने छ ।
फोहोरको व्यवस्थापनलाई राज्यले नै प्राथमिकता नराख्ने, तर करोडौं रुपैयाँ खर्च हुने देशमा छौं हामी । जे भए तापनि प्लास्टिकको मास्कलाई जथाभावी फालेर भोलिका पुस्तालाई अभिसाप सिर्जना गर्नु उचित हुँदैन । तसर्थ गर्न सकिने केही उपाय रोज्नु अनिवार्य छ ।
१ सके सम्म पुनः प्रयोग गर्न मिल्ने कपडाको मास्कको प्रयोग गर्ने
२ डिस्पोजेबल मास्कलाई सकेसम्म छुट्टै बिनमा जम्मा गर्ने
३ राज्यले धेरै भन्दा धेरै मास्क कलेक्सन बिनको व्यवस्थापन गर्ने
४, कानुनी कडाइ तथा सचेतनाको कार्य गर्ने
५ प्लास्टिक नष्ट गर्ने उपाय भनेको विश्वले रोजेको प्लाज्मा पाइरोलाइसिस प्रविधिको प्रयोग राज्यले तुरुन्त गर्ने
६. स्कुल, कलेजमा अनिवार्य मास्क कलेक्सन बिन अनि मास्क इन्सिनेटरको प्रयोग गर्ने ।
हामी समयमै सचेत रहे वातावरण अरु धेरै बिग्रिनबाट समयमै बचाउन सक्छौ ।
खोजकर्ता
अनिल कुमार बराल
प्रबन्ध निर्देशक
इको बिजनेस हाउस
www.ecohouse.com.np
कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रले (सीसीएमसी)ले सवारी साधनमा...
विश्वकै ठूलो मध्ये एक मानिने चीनको प्रसिद्ध अटो शो ‘अटो ग्वाङझाउ २०२२’...
काठमाडाैं – ईकमर्स प्लेटफर्म रिचार्जरले कोभिड १९ सँग सम्बन्धित उपकरण...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...