अझ ठूलो र नयाँ डिजाइनमा आउँदै हुन्डाई टक्सन, नयाँ जेनेरेसन लन्च हुँदै

काठमाडौँ–हुन्डाईले आफ्नो चर्चित एसयूभी टक्सनको नयाँ पुस्तासार्वजनिक गरेको छ । कम्पनीको नयाँ ‘आर्ट अफ स्टिल’ डिजाइन दर्शनमा आधारित यो नयाँ मोडल पहिलेको तुलनामा निकै आकर्षक, ठूलो र आधुनिक अवतारमा प्रस्तुत भएको छ ।  

नयाँ टक्सनको बाहिरी बनावटलाई पहिलेभन्दा बढी बक्सी र मस्कुलर लुक दिइएको छ । यसको अघिल्लो भागमा पूरै चौडाइमा फैलिएको एलइडी लाइट बार र दुवै किनारमा ठाडो एलइडी स्ट्रिपहरू राखिएका छन् ।

गाडीको अघिल्लो र पछिल्लो भागमा गरिएका यी परिवर्तनले यसलाई सडकमा झनै शक्तिशाली र विशिष्ट उपस्थिति दिने विश्वास लिइएको छ । आकारको हिसाबले यो एसयूभी पुरानो मोडलभन्दा ६० मिमी लामो, ४० मिमी फराकिलो र २० मिमी अग्लो रहेको छ भने यसको ह्विलबेस पनि ३० मिमीले बढाइएको छ ।  

गाडीको भित्री भागलाई पनि पूर्ण रूपमा नयाँ र प्रविधियुक्त बनाइएको छ । यसमा टु–स्पोक स्टेयरिङ ह्विल र ड्यासबोर्डको माथि राखिएको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ । मुख्य ड्यासबोर्डमा ठूलो फ्लोटिङ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम जडान गरिएको छ जसले क्याबिनलाई निकै प्रिमियम र आधुनिक लुक्स प्रदान गर्छ ।  

हुन्डाईले नयाँ टक्सनको इन्जिन र प्राविधिक क्षमतासम्बन्धी विवरण भने हालका लागि गोप्य नै राखेको छ । गाडी आधिकारिक रूपमा बिक्रीका लागि बजारमा आउने समय नजिकिएपछि यसको पावरट्रेन, इन्जिन क्षमता र मूल्यबारे जानकारी गराइने कम्पनीले जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...