अपडेट भएर अयो क्रसफायरको नयाँ ट्रेकर २५०, मूल्य पहिलेको तुलनमा २६ हजार रुपैयाँले बढी

क्रसफायर ट्रेकरको नयाँ अपडेटेड मोडल नेपाली बजारमा भित्रिएको छ । नेपालका लागि आधिकारिक बितरक क्लासिक ह्विल्स एक्सपोर्ट एन्ड इम्पोर्ट प्रालिले ३ महिनाअघि नेपाली बजारमा भित्राएको ट्रेकरलाई अपडेट गरेर नयाँ मोडललाई पुन सार्बजनिक गरेको हो । २५० सिसी सेग्मेन्टमा सबैभन्दा सस्तो बाइकका रुपमा परिचित यो मोटरसाइकलले बजारमा निकै राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीको भनाई छ ।

नयाँ ट्रेकरको ग्राफिक्स र फिचर्समा परिबर्तन गरिएको छ । साथै यसको पावर तथा पर्फमेन्समा समेत सुधार गरिएको छ । नयाँ बाइकले पहिलेको तुलनामा बढी माइलेज प्रदान गर्ने समेत बताइएको छ । उत्कृष्ट ह्यान्डलिङका कारण यो बाइकमा यात्रा गर्दा रमाइलो महशुस हुनेछ ।
यो नयाँ बाइकमा युएसबी चाजिर्ङ पोर्ट, डिजिटल क्लस्टर, गियर इन्डिकेटर थप गरिएको छ । यसअघिको मोडलमा ५ स्पीडको गियरबक्स दिइएकोमा नयाँ बाइकमा यसलाई बढाएर ६ स्पिड पुर्याइएको छ । जसका कारण पहिलेको तुलनमा राम्रो पर्फमेन्स दिने दाबी गरिएको छ ।

यसअघि ३ लाख ४८ हजार रुपैयाँमा बिक्री हुँदै आएको यसको मूल्य बढाएर हाल ३ लाख ७४ हजार रुपैयाँ पुर्याइएको छ । जुन पहिलेको तुलनामा २६ हजार रुपैयाँले बढी हो । मूल्य बढेपनि बजारमा उपलब्ध यहि सेग्मेन्टको अन्य बाइकको तुलनामा यो एकदमै प्रतिस्पर्धी रहेको कम्पनी स्रोतले बताएको छ । यो नयाँ बाइकले बजारमा हिरो एक्सपल्स र मोटरहेड ब्रान्डका अफरोड बाइकसंग प्रतिस्पर्धा गर्ने देखिएको छ ।

सम्बन्धित समाचारहरू

आँबुखैरेनीमा खुल्यो मोटरहेडको आधिकारिक मर्मत केन्द्र, एक्सचेन्ज क्याम्पमार्फत गरियो बिक्री

आँबुखैरेनीमा खुल्यो मोटरहेडको आधिकारिक मर्मत केन्द्र, एक्सचेन्ज क्याम्पमार्फत गरियो बिक्री

तनहुँ – मोटरहेड ब्राण्डको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड...

टारोका बाइक तथा स्कुटरमा ३० हजार सम्म छुट : आयो दशै तिहार स्किम

टारोका बाइक तथा स्कुटरमा ३० हजार सम्म छुट : आयो दशै तिहार स्किम

काठमाडौं – नेपालका लागि टारो ब्रान्डका बाइक तथा स्कुटरको आधिकारिक वितरक...

मोटरहेडले ल्यायो ४ को चमत्कार, बाइक किन्दा पाइने यस्ता छन् चमत्कार

मोटरहेडले ल्यायो ४ को चमत्कार, बाइक किन्दा पाइने यस्ता छन् चमत्कार

काठमाडौं – नेपालका लागि मोटरहेड ब्रान्डको आधिकारिक वितरक एसएलआर टेक्नो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...