नेपाल भित्रियो आर१५ एम : बुकिङ गर्न सकिने
काठमाडौं – नेपाली बजारमा यामाहाको नयाँ मोटरसाइकल आर१५ एम भित्रिएको छ ।...
यामाहा मोटरसाइकलको आधिकारिक बितरक एमएडब्लु इन्टरप्राइजेजले आफ्ना ग्राहकको सुबिधाका लागि एनुअल मेन्टिनेन्स कन्ट्याकट(एएमसी) योजना ल्याएको छ । उक्त योजना अन्तर्गत देशभर रहेका यामाहाको आधिकारिक सर्भिस सेन्टर अर्थात यामाहा केयरसंग ग्राहकले बार्षिक सम्झौता गर्न सक्नेछन् । यसरी सम्झौता गरेपछि ग्राहकले उक्त सर्भिस सेन्टरमा बाइक तथा स्कुटरको मर्मतसम्भार गराउँदा बिभिन्न छुट र निशुल्क सर्भिस कुपन समेत प्राप्त गर्नेछन् ।
यसरी सम्झौता गर्न ग्राहकले शुरुवातमा न्युनतम १ हजार १ सय रुपैयाँ सर्भिस सेन्टरमा बुझाउनु पर्नेछ । उक्त रकम भुक्तानी गरेर एएमसीको मेम्वरसिप लिएपछि ग्राहकले हरेक सर्भिसिङ गराउँदा लाग्ने लेबर चार्जमा ५० प्रतिशत छुट, जेन्युइन पार्टसमा १० प्रतिशत छुट, यामाहा ल्युबमा ७ प्रतिशत छुट पाउनेछन् । साथै ३ पटकसम्म निशुल्क बाइक वास, इन्जेक्टर क्लिनिङ गर्दा २ पटकसम्म ५० प्रतिशत छुट र ४ वटा निशुल्क सर्भिस कुपन लगायत अन्य थुप्रै सुबिधा प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।
कम्पनीको आधिकारक सर्भिस सेन्टरमा आफ्नो बाइक तथा स्कुटरको सर्भिसिङ गराउँदा ग्राहकले स्तरिय सेवाको साथै जेन्युइन पार्टसमात्र प्रयोग गर्न पाउने हुँदा यो योजनामा सहभागी भई लाभ उठाउन सम्पूर्ण यामाहा बाइक तथा स्कुटरका ग्राहकलाई कम्पनीले आह्वान समेत गरेको छ ।
नेपालमा सर्बाधिक बिक्री हुने टु ह्विलर ब्रान्ड मध्ये एक यामाहाको देशभर सयौंको संख्यामा आधिकारिक सर्भिस सेन्टर अर्थात यामाहा केयर सञ्चालनमा छन् ।
काठमाडौं – नेपाली बजारमा यामाहाको नयाँ मोटरसाइकल आर१५ एम भित्रिएको छ ।...
यामाहाले भारतमा ट्रेसर नेमप्लेट पेटेन्ट गराएको छ । यामाहाले...
यामाहाले भारतमा उत्पादन गरेको स्कुटर रे–जेडआर १२५ यूरोप निर्यात हुन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...