७७ लाख मूल्य सहित ह्यावल जोलायनको टप भेरिएन्ट एटीको खुल्यो बुकिङ

काठमाडौं – नेपाली बजारमा ह्यावल जोलायनको टप भेरिएन्ट ‘एटी’ को बुकिङ खुलेको छ । नेपालका लागि आधिकारिक वितरक भीजी इम्पेक्सले यो गाडीको बुकिङ खुल्ला गरेको हो । यसको मूल्य ७६ लाख ९९ हजार ९९९ रुपैयाँ तोकिएको छ । हाल बुकिङ लिइरहेको र करिव एक साता पश्चात यो गाडी नेपाली बजारमा डेलिभरीका लागि उपलब्ध हुने बताइएको छ ।

आफ्नो कर्पोरेट फिलोसफी ‘इमप्रुभिङ लिटल बाई लिटल एभ्रिडे’ लाई अनुसरण गर्दैै यसले ग्राहकको यात्रालाई अझ विलासी बनाउने कम्पनीको भनाइ छ ।

यो गाडीमा १८ इन्चको आल्मुनियम अलोय ह्विल, ७३ प्रतिशत हाई स्ट्रेन्थ स्टिल बडी, सिक्स–वे इलेक्ट्रिक एड्जस्टेबल सिट आदि उपलब्ध छन् । त्यसैगरी प्यानोरामिक सनरुफ र ड्युअल जोन अटो एसीले आरामदायी यात्रामा भव्यता थप्न मद्दत गर्दछ ।

१.५ लिटरको टर्बो पेट्रोल इन्जिन, ६ ओम्नी डाइरेक्सनल एयरब्यागको सुरक्षा, ३६० डिग्री भ्यु, ब्लाइन्ड स्पट मोनिटरिङ र हाइ होल्ड कन्ट्रोल तथा हिल डिसेन्ट कन्ट्रोल भएको जोलायनको निर्माण नै सुरक्षालाई ध्यानमा राखेर गरिएको कम्पनीको भनाइ छ । यसको आकर्षक हेड–अप डिस्प्ले (एचयूडी) ले गाडीको गति आदिको सूचना दिएर यात्रालाई सुरक्षित बनाउँछ ।

अभिनव सोच भएकाहरुद्वारा डिजाइन गरिएको सो एसयूभीलाई उच्च प्रदर्शन गर्ने प्रविधिले जीवन्त बनाउँछ । एप्पल कारप्ले र एन्ड्रोइड अटोसहितको १२.३ इन्च स्मार्ट टचस्क्रिन जस्तो यात्रालाई आरामदायी बनाउने फिचरहरुले व्यस्त दैनिकीमा विलासिता थप्ने बताइएको छ ।

नेपाली बजारमा ह्यावल जोलायनको लो र हाई भेरिएन्ट पहिले देखि नै उपलब्ध थिए । लो एमटीको मूल्य ५७ लाख ९९ हजार ९९९, हाई एमटीको मूल्य ६८ लाख ९९ हजार ९९९ र हाई डीसीटीको मूल्य ७३ लाख ४९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

६० वटा मुलुकहरुमा ६५ लाख भन्दा धेरै बिक्री भइसकेको ह्यावल विगत ११ वर्ष देखि चीनमा एसयूभी बिक्री गर्ने नम्बर १ ब्रान्ड हो ।

सम्बन्धित समाचारहरू

आजदेखी फक्सवागन गाडीको एक्सचेन्ज अफर, यस्तो छ छुट र सुविधा

आजदेखी फक्सवागन गाडीको एक्सचेन्ज अफर, यस्तो छ छुट र सुविधा

फक्सवागन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपाल...

कम्प्याक्ट सेडान खोज्नेलाई हुन्डाई, सुजुकी, टाटा र होन्डाका ६ कार, यस्तो छ मूल्य र पावर

कम्प्याक्ट सेडान खोज्नेलाई हुन्डाई, सुजुकी, टाटा र होन्डाका ६ कार, यस्तो छ मूल्य र पावर

सेडान भन्दा छोटो र ह्याचब्याकभन्दा केही लामो देखिने कम्प्याक्ट सेडान...

यस्तो छ नयाँ फिचर र स्टाइलिस लुकमा उपलब्ध २०२१ फक्सवागन पोलो

यस्तो छ नयाँ फिचर र स्टाइलिस लुकमा उपलब्ध २०२१ फक्सवागन पोलो

फक्सवागनले छैटौं जेनेरेसन फक्सवागन पोलो फेसलिफ्ट कार अन्तर्राष्ट्रिय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...