सकियो यो बर्षको फेस्टिभल सिजन, अटोमोबाइल कम्पनीहरुले ल्याएको फेस्टिभल अफरको आज अन्तिम दिन

यो बर्षको फेस्टिभल सिजन आज छठ पर्ब मनाएपछि सकिंदै छ । प्रत्येक बर्ष भदौ महिनाको सुरुवातसंगै नेपालमा फेस्टिभल सिजनको शुरुवात भएको मान्ने गरिन्छ । नेपाली नारीहरुको महान पर्ब तीजको आगमनसंगै शुरु हुने यो सिजन दशैं, तिहार र छठ मनाएपछि अन्त्य हुने प्रचलन रहँदै आएको छ ।

त्यसैले आज छठ पर्ब मनाएपछि भोलीबाट फेस्टिभल सिजन बिधिबत अन्त्य भएको मानिने छ । यो सिजनमा बजार निकै नै चलायमान हुने हुँदा ब्यावसायीले पनि बिभिन्न अफर तथा स्किम सार्बजनिक गरी ग्राहकलाई आफूले बिक्री गर्ने बस्तु तथा सेवामा आकिर्षत गर्ने पुरानो प्रचलन कायमै छ ।

सोही प्रचलनलाई निरन्तरता दिँदै यसपाली पनि प्राय अधिकांश अटोमोबाइल कम्पनीहरुले नगद छुट र बिभिन्न उपहार योजना समाबेश गरी फेस्टिभल अफर ल्याए । यो सिजनको सुरुवात भएसंगै सार्बजनिक गरिएका यस्ता अधिकांश अफर तथा स्किमहरु आज छठ पर्ब मनाएपछि भोलीदेखी बन्द हुँदै छन् भने कतिपय कम्पनीहरुले यो महिनाको अन्तिमसम्म लागु हुने जनाएका छन् ।

फेस्टिभल सिजनमा सामान्य अबस्थामा भन्दा बढी नगद छुट, बिभिन्न शिर्षकमा निशुल्क सेवा र उपहार पाउने हुँदा सवारीसाधन खरिद गर्न शोरुममा ग्राहकको भिंडभांड नै लाग्ने गर्छन् । बर्षभरी बिक्री हुने कुल सवारीसाधनको करिब १ तिहाई हाराहरी यहि सिजनमा बिक्री हुने हुँदा पनि फेस्टिभल सिजन बिक्रेता कम्पनीहरुका लागि बिशेष बन्ने गरेको हो ।

पछिल्लो समय कोराना महामारीको प्रभाव बिस्तारै कम हुँदै गएको र आर्थिक गतिबिधीले समेत गति लिन थालेपछि बजारमा गाडी तथा मोटरसाइको माग बढ्न थालेको देखिन्छ । जसका कारण यो बर्षको फेस्टिभल सिजनमा प्राय सबैजसो बिक्रेता कम्पनीहरुले उल्लेख्य रुपमा सवारीसाधन बिक्री गर्न सफल भए । टु ह्विलरमा होन्डा, बजाज, यामाहा, टिभिएस र हिरो जस्ता ब्रान्डले ल्याएको अफरलाई ग्राहकले बढी मन पराए भने फोर ह्विलरमा हुन्डाई, मारुती सुजुकी, टाटा, फक्सवागन, स्कोडा, रेनो, निशान लगायत ब्रान्डले ल्याएको अफर बढी चर्चित बनेका थिए ।

सम्बन्धित समाचारहरू

इन्ट्री लेभल ईभीमा फक्सवागनको प्रवेश

इन्ट्री लेभल ईभीमा फक्सवागनको प्रवेश

फक्सवागनले विश्वव्यापी स्तरमा आफ्नो पहिलो इलेक्ट्रिक कार आइडी.एभ्रिवान...

ठूलो बनेर आयो नयाँ टीग्वान, डिजाइन, फिचर र प्रविधीमा ब्यापक परिमार्जन

ठूलो बनेर आयो नयाँ टीग्वान, डिजाइन, फिचर र प्रविधीमा ब्यापक परिमार्जन

फक्सवागनले आफ्नो लोकप्रिय एसयूभी टीग्वानको थर्ड जेनेरेशन सार्वजनिक...

फक्सवागन टिगुवान अब इलेक्ट्रिकमा आउने, यस्तो हुनेछ पावरट्रेन र प्लेटफर्म

फक्सवागन टिगुवान अब इलेक्ट्रिकमा आउने, यस्तो हुनेछ पावरट्रेन र प्लेटफर्म

जर्मन अटो निर्माता फक्सवागनले अहिले धमाधम इभीको नयाँ मोडल तयार गरिरहेको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...