हिरो एक्सपल्स २०० सवार ३० राइडर लोमान्थाङ प्रस्थान

काठमाडौं – नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले हिरो एक्सपल्स २०० मोटरसाइकल खरिद गरेका ग्राहकलाई अति सुन्दर मनमोहक स्थान लोमान्थाङको भ्रमण गराउने भएको छ । यसबा लागि आज ३० भन्दा बढी राइडर काठमाडौंबाट लोमान्थाङका लागि प्रस्थान गरेका छन् । एक्सप्लोर विथ एक्सपल्स २०० लोमान्थाङ एडिसन नामक सो यात्रा प्रारम्भ भएको हो ।

काठमाडौंबाट प्रारम्भ भएको उक्त यात्रा काठमाडौं–पोखरा–लेते–जोमसोम–मुक्तिनाथ हुँदै लोमान्थाङ पुग्ने छ । सो अवधिमा राइडरहरुले करिव ९ सय किलोमिटर यात्रा पुरा गर्नेछन् ।

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र नेपाल जनरल मार्केटिङकी निर्देशक सुरुची ज्योतिले फ्ल्याग अफ गरी यात्राको शुभारम्भ गरे । सो अवसरमा उनले सुरक्षित तरिकाले बाइक चलाउन अनुरोध गर्दै उक्त जोखिमपूर्ण यात्रालाई सफलताका साथ सम्पन्न गर्नका लागि शुभकामना दिए ।

नेपाल पर्यटन बोर्डका प्रतिनिधिले नेपालमा घुम्नु पर्ने धेरै स्थानहरु भएको बताउदै यसबाट आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए ।

नेपाल जनरल मार्केटिङले यो भन्दा पहिले पनि काठमाडौं देखि नमोबुद्ध, कुलेखानी तथा पोखरा देखि सराङकोट, नारायणघाट देखि जलविरे आदि छोटो दुरीको यात्रा सम्पन्न गरेको भए पनि लामो दुरीको यो पहिलो यात्रा भएको बताएको छ ।

राइडरहरुले रमाइलोपनको अनुभव गर्ने र आन्तरिक पर्यटनको प्रवद्र्धन हुनुका साथै यसबाट हिरो एक्सपल्स २०० को प्रवद्र्धन समेत हुने भएकाले यस प्रकारको कार्यक्रम आयोजना गरिएको नेपाल जनरल मार्केटिङ प्रालिका सिनियर म्यानेजर दिनेश बज्राचार्यले बताए ।

पहिलो पटक लामो दुरीको यात्रा आयोजना गरिएको र धेरै राइडरसहितको यात्रा व्यवस्थित गर्न असहज हुने भएकाले ३० राइडरलाई मात्र सहभागी बनाइएको बज्राचार्यले बताए । राइडरहरु पोखरा फर्केपछि कार्यक्रमको समापन गरिने छ । त्यसपछि उनीहरु आफ्नै तरिकाले काठमाडौं फर्किने छन् ।

हिरो एक्सपल्स २०० नेपाली बजारमा लोकप्रिय एड्भेन्चर मोटरसाइकल हो ।

सम्बन्धित समाचारहरू

हिरो स्प्लेन्डरको इलेक्ट्रिक संस्करण आउँदै, २०२७ सम्म लन्च हुने

हिरो स्प्लेन्डरको इलेक्ट्रिक संस्करण आउँदै, २०२७ सम्म लन्च हुने

हिरो मोटोकर्पले आफ्नो इलेक्ट्रिक मोटरसाइकलको पोर्टफोलियो बढाउन काम...

२ लाख ५० हजार हाराहारीमै खरिद गर्न सकिने १५० सीसी क्षमताका ३ मोटरसाइकल

२ लाख ५० हजार हाराहारीमै खरिद गर्न सकिने १५० सीसी क्षमताका ३ मोटरसाइकल

टु ह्विलर बजारमा सबैभन्दा बढी माग भएको सेग्मेन्ट हो १५० सीसी । यो...

अपग्रेड हुँदै हिरो एक्सपल्स २००टी : यस्तो हुनेछ अपकमिङ मोडल

अपग्रेड हुँदै हिरो एक्सपल्स २००टी : यस्तो हुनेछ अपकमिङ मोडल

हिरो एक्सपल्स २०० टी अब केही कस्मेटिक तथा मेकानिकल परिवर्तनका साथ आउने छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...