पिकअप किन्दा शुरुमा ९ लाख ९० हजार तिरे पुग्ने, दुई महिना पछि मात्र मासिक किस्ता तिर्दा हुने
काठमाडौं – नेपाली बजारमा सबैभन्दा धेरै बिक्री हुने बताइएको इसुजुको...
काठमाडौं – समृद्धि फाइनान्स कम्पनी लिमिटेड र भल्वोको नेपालका लागि आधिकारिक वितरक टाइम्स मोटर्स प्रालिबीच भल्वोका निर्माण उपकरण खरिदकर्ताहरुका लागि उपकरण ऋण उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतापछि फाइनान्सका सबै शाखाबाट देशभरका भल्वो निर्माण उपकरणका सम्भावित खरिदकर्ताहरुले उपकरण ऋण सुविधा प्राप्त गर्नेछन् । जस अन्तर्गत टाइम्सका सम्भावित ग्राहकले उपकरण लागतको ८० प्रतिशतसम्म कर्जा फाइनान्सबाट लिन सक्नेछन् । सो कर्जाको अवधि अधिकतम ५ वर्षको हुनेछ ।
उक्त सम्झौतापत्रमा फाइनान्सका तर्फबाट प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र टाइम्स मोटर्सको तर्फबाट प्रबन्ध निर्देशक दिपकराज गिरीले हस्ताक्षर गरेका छन् ।
समृद्धि फाइनान्सले बचत खातामा उच्चतम व्याजदरमा निक्षेप संकलन गरिरहेको छ । सामान्य बचत खातामा ७.५ प्रतिशत व्याज प्रदान गरेको छ जुन सामान्य बचत खातामा बैंक तथा वित्त कम्पनीमा उच्चतम व्याजदर हो ।
नेपाल राष्ट्र बैंकबाट ग वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको समृद्धि फाइनान्सले ५ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ ।
काठमाडौं – नेपाली बजारमा सबैभन्दा धेरै बिक्री हुने बताइएको इसुजुको...
नयाँ बर्षको सुरुवातसंगै भारतमा अहिले सवारीसाधनको मूल्य एकपछि अर्को गरी...
काठमाडौं – नेपाली बजारमा उपलब्ध इसुजु कम्पनीको एस–क्याब पिकअप ९ लाख ९०...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...