फोर्ड नेपालको अफ टु नुवाकोट ४×४ कार्यक्रम सम्पन्न

काठमाडौं – फोर्ड नेपालले नेपालमा आन्तरिक पर्यटन र अफ–रोडिङ कल्चर प्रवद्र्धन गर्दै अफ टु नुवाकोट ४×४ कार्यक्रम सञ्चालन गरेको छ । फोर्डको नेपालका लागि आधिकारिक वितरक जीओ अटोमोबाइल्सले नेपालमा आन्तरिक पर्यटन प्रवद्र्धन र अफ रोडिङ्ग संस्कृतिको विकास गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरेको बताएको छ ।

काठमाडौं उपत्यकाबाट छोटो दूरीमा रहेको तर नेपालको प्राचीन र ऐतिहासिक स्थलहरू मध्ये एक नुवाकोट सम्मको सो एक दिने¥याली टोखा–शिवपुरी मार्ग हुँदै सञ्चालन गरिएको थियो । सो यात्राको बीचमा वन क्षेत्र र वनस्पति तथा पुरातन सांस्कृतिक गाउँहरू सहितको सबैभन्दा रमणीय स्थानहरु थिए ।

यो कार्यक्रम विशेषगरी फोर्डको ४×४ ट्रक जीवन शैलीको प्रदर्शनमा केन्द्रित ग्राहक संलग्नता कार्यक्रम को एक हिस्सा भएको बताइएको छ ।

अफ टु नुवाकोटको अवधारणा विशेष गरी फोर्ड लाइफस्टाइल ट्रकहरूको प्रदर्शनको साथमा अन्वेषण र यात्राको संस्कृतिलाई जोड दिनु हो जुन यात्रा अभियानमा नभई नहुने पाटो भएको कम्पनीको भनाइ छ । करिब ४० जना सहभागीहरुसँग फोर्डले जंगल भ्रमण, जिप लाइन र साइट सिइङ जस्ता बीचमा धेरै गतिविधिहरु सहित नुवाकोटको ऐतिहासिक भूमिमा आफ्नो यात्रा तय गरेको थियो । नुवाकोटमा दिगो कफी खेतीलाई प्रवद्र्धन गर्ने नुवा एस्टेट फार्मको भ्रमण गरेर कार्यक्रमको समापन भएको थियो ।

४×४ कार्यक्रमको अवधारणा बजार विकास र फोर्ड एडभेन्चर गाडीहरू जस्तै फोर्ड रेन्जर, फोर्ड रेन्जर र्याप्टर र नयाँ लाइन अप फोर्ड एभरेस्टको प्रवद्र्धनसँगै आएको हो। यी सबै सक्षम गाडीहरु थाइल्याण्डका हुन ्। यी गाडीहरु प्रदर्शन र क्षमताको लागि परिचित छन्।

फोर्ड नेपालले आफ्नो साहसिक कार्यक्रमको एक हिस्साको रूपमा हरेक वर्ष विभिन्न अभियानहरू सञ्चालन गर्छ । पछिल्लो दिनमा ड्राइभ टु मनाङ, ड्राइभ टु लोमाङथाङ र मुस्ताङ एडभेन्चरजस्ता सफल कार्यक्रमहरु भएका छन् जुन नेपालमा साहसिक घटनाहरुको बेन्चमार्क हो ।

फोर्ड नेपालले आफ्नो साहसिक कार्यक्रमहरु सञ्चालन गरी नेपालको पर्यटन क्षेत्रमा योगदान गर्ने गरेको बताएको छ ।

सम्बन्धित समाचारहरू

बजारमा ९० लाख माथिका पिकअप, सबैभन्दा महंगो फोर्ड -याप्टरको मूल्य १ करोड ५९ लाख

बजारमा ९० लाख माथिका पिकअप, सबैभन्दा महंगो फोर्ड -याप्टरको मूल्य १ करोड ५९ लाख

सामान्यतः पिकअपलाई सामान ओसारपसार गर्ने साधनका रुपमा लिइन्छ । तर बजारमा...

फोर्स गुर्खा आज नेपाली बजारमा सार्वजनिक हुदै

फोर्स गुर्खा आज नेपाली बजारमा सार्वजनिक हुदै

काठमाडौं – फोर्स मोटर्स नेपालले आफ्नो नयाँ गाडी फोर्स गुर्खाको नेपाली...

इलेक्ट्रिक र हाइब्रिड गाडीसहित फोर्ड छिट्टै भारतमा रि-इन्ट्री हुने, तर इकोस्पोर्ट नल्याउने

इलेक्ट्रिक र हाइब्रिड गाडीसहित फोर्ड छिट्टै भारतमा रि-इन्ट्री हुने, तर इकोस्पोर्ट नल्याउने

फोर्डले भारत छोडेको लामो समय भइसकेको छ। तर पछिल्लो केही समयदेखि भारतमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...