चेरी गाडी देखियो नेपाली सडकमा
काठमाडौेंको सडकमा पहिलो पटक चिनियाँ ब्रान्ड चेरीको गाडी देखिएको छ ।...
काठमाडौं – नेपाली बजारमा चेरी ब्रान्डको एसयूभी ‘टिग्गो फोरप्रो’ भित्रिएको छ । यो गाडी तीन भेरिएन्टमा उपलब्ध भएको छ । जसमा टिग्गो फोरप्रो म्यानुअल ट्रान्समिसनको मूल्य ४६ लाख २० हजार, सीभीटी ट्रान्समिसनको मूल्य ५२ लाख ५० हजार र १.५ टर्बो सीभीटी ट्रान्समिसनको मूल्य ५८ लाख ४० हजार रुपैयाँ तोकिएको छ । नेपाली बजारमा सारदा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले यो गाडी बिक्री–वितरण गरिरहेको छ ।
टिग्गो सिरिजको गुणस्तरीय सानो एसयूभीको रुपमा टिग्गो फोरप्रो परिचित छ । कम्फर्टेबल बिग स्पेस, कम्फर्टेबल ड्राइभिङ एक्सपेरियन्स र कम्फर्टेबल क्वालिटी इन्भाइरोमेन्टका लागि यो एसयूभी परिचित छ ।
गाडी भित्रै प्रशस्तै स्पेस भएकाले यो अन्य एसयूभी भन्दा फरक मानिन्छ । गाडीलाई आरामदायी बनाउनका लागि विभिन्न व्यवस्था गरिएको छ । कम्फर्ट र सेन्स अफ टेक्नोलोजी दुवै अनुभव गराउनका लागि ६–वे इलेक्ट्रिक एड्जस्टमेन्ट सहितको ड्राइभर सिट छ । थकान हटाउनका लागि यसमा भएको इर्गोनोमिक सिटले भूमिका खेल्छ । सिट कुसन र सिटको ब्याकमा भएको र्यापिङ इफेक्टले बडीलाई सपोर्ट गर्छ । पुस स्टार्ट बटन प्रयोग गरी गाडीलाई चलाउन सकिन्छ । त्यसैगरी बाहिरैबाट कन्ट्रोल की प्रयोग गरी गाडीको ढोका अन वा अफ गर्न सकिन्छ ।
समग्र कम्फर्टको लागि म्याकफर्सन सस्पेन्सन र रियर टर्सन बिम सस्पेन्सनले सहयोग गर्छ । सानो सानो बम्प समेत थाहा भए पनि कार भित्र यसले कुनै भाइब्रेसन अनुभव गराउदैन ।
गाडीमा बोस कम्पनीको सेकेन्ड जेनेरेसन ड्युअल मोड ईपीएस इलेक्ट्रोनिक पावर स्टेयरिङ सिस्टम प्रयोग गरिएको छ, जुन कम स्पिडमा फ्लेक्जिबल हुन्छ भने बढी स्पिडमा स्टेबल हुन्छ । यसले इन्धन बचतमा समेत सहयोग गर्छ । यसमा फोर–एड्जस्टमेन्ट गर्न सकिने लेदर र्याप गरिएको मल्टी–फङसन स्टेयरिङ ह्विल प्रयोग गरिएको छ । गुड सेन्स अफ ग्रिपिङ र टचिङको लागि यसमा ग्रुभ्स उपलब्ध गराइएको छ ।

त्यसैगरी अडियो इन्टरटेनमेन्ट, कलर स्क्रिन इन्स्ट्रयुमेन्ट, ब्लुटुथ फोन, क्रुज कन्ट्रोल, एसी भेन्ट आदि विभिन्न आकर्षक फिचर उपलब्ध छन् । रंगीन टीएफटी क्लस्टर तथा १०.२५ इन्चको सेन्ट्रल कन्ट्रोल एचडी डिस्प्लेले गाडीको इन्फोटेनमेन्ट सिस्टमलाई अन्य भन्दा फरक बनाएको छ ।
गाडीमा अटोमेटिक एयर कन्डिसनिङ सिस्टम छ भने मल्टिपल एयर प्युरिफिकेसन टेक्नोलोजी समेत छ । यसले कारको इन्टेरियरमा एन९५ लेवलको इको–कार इन्भाइरोमेन्ट बनाउछ ।
गाडी भित्र एक्सिलेन्ट साउन्ड इन्सुलेसन पर्फमेन्स छ, जसले गर्दा भित्री भागमा इन्जिन वा अन्य कुनै अनावश्यक न्वाइजको अनुभव हुँदैन । यसका लागि १६ नयाँ एकाउस्टिक प्याकेजको व्यवस्था गरिएको बताइएको छ । त्यसैगरी भाइब्रेसन घटाउनका लागि ड्युअल फ्रिक्वेन्सी ड्राइभ साफ्ट, सस्पेन्सन स्टिफनेस र इन्टेग्रल पेडल सपोर्टको व्यवस्था गरिएको छ ।
सुरक्षाका लागि चेरी टिग्गो फोरप्रोमा एन्टी–लक ब्रेकिङ सिस्टम (एबीएस), इलेक्ट्रोनिक ब्रेकफोर्स डिस्ट्रिब्युसन (ईबीडी), इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ईएसपी), ट्रयाक्सन कन्ट्रोल सिस्टम (टीसीएस), इमर्जेन्सी ब्रेक असिस्ट (ईबीए), रोल स्टेबिलिटी कन्ट्रोल (आरएससी), हिल स्टार्ट कन्ट्रोल (एचएसी), हिल डिसेन्ट कन्ट्रोल (एचडीसी) र टायर प्रेसर मोनिटरिङ सिस्टम (टीपीएमएस) लगायतका विभिन्न फिचर उपलब्ध छन् ।
गाडीको वाहिरी भागमा हेर्दा अघिल्लो भागमा भएको आकर्षक फ्रन्ट ग्रिल महत्वपूर्ण मानिन्छ । त्यसैगरी यसमा भएको सनरुफले अर्को फरक पहिचान कायम राखेको छ । एलईडी हेडल्याम्प, एलईडी डे टाइम रनिङ लाइट, एलईडी हाई माउन्टेड ब्रेक ल्याम्प आदिले गाडीको आकर्षणलाई थप मजबुत बनाउन भूमिका खेलेका छन् ।
चेरी टिग्गो फोरप्रोमा भएको १.५ लिटर इन्जिनले ५५०० आरपीएममा १४७ पीएस पावर र ४००० आरपीएममा २१० एनएम टर्क जेनेरेट गर्छ । सीभीटी ट्रान्समिसनयुक्त यो गाडीमा भएको ४३१८ एमएम लामो बडी, २६१० एमएम लामो ह्विलबेस तथा १८३० एमएम चौडाई र १६७० एमएम उचाईले गाडीलाई अन्य भन्दा फरक बनाएको छ । विभिन्न सामग्री गाडीमा राख्नका लागि ३४ भन्दा विभिन्न स्थानमा स्टोरेज स्पेस उपलब्ध छन् । यसमा ३४० लिटरको बुट स्पेस छ भने ५१ लिटरको इन्धन ट्यांकी छ ।
चेरी चीनको लोकप्रिय ब्रान्ड हो । विश्व प्रसिद्ध ब्रान्ड ज्यागुअर ल्यान्डरोभरसँगको सहकार्यमा चेरीले विभिन्न मोडलका गाडीहरु उत्पादन गर्ने गरेको छ । सन् १९९७ मा स्थापना भए यता चेरीले विश्वका ८० भन्दा बढी देशमा ९० लाख भन्दा बढी गाडी बिक्री–वितरण गरिसकेको छ । चेरी अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा बढी गाडी निर्यात गर्ने चाइनिज कम्पनीको रुपमा परिचित छ । नेपाली बजारमा भने चेरी ब्रान्डको पहिलो मोडलको रुपमा टिग्गो फोरप्रो एसयूभी हालै भित्रिएको हो ।
केही वर्ष पहिले पनि यो ब्रान्ड भित्रिएर बन्द भएको थियो । यद्यपि हाल नयाँ परिस्थितिमा गुणस्तरीय बिक्री पछिको सेवाका साथ बजारमा गाडी उपलब्ध गराएको एसपीजी अटोमोबाइल्सले जनाएको छ ।
काठमाडौेंको सडकमा पहिलो पटक चिनियाँ ब्रान्ड चेरीको गाडी देखिएको छ ।...
भारतीय स्वमित्वमा सञ्चालन हुँदै आइरहेको पोखरास्थित मणिपाल मेडिकल कलेजको...
सामन्यत गाडी किन्ने ग्राहकले उक्त गाडीको लुक्स तथा डिजाइन, पावर तथा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...