मोटरहेडका परिमार्जित दुई मोटरसाइकलप्रति ग्राहक आकर्षण : टेक्कन आर २५० र एमएच १५०

काठमाडौं – नेपाली बजारमा केही दिन पहिले मात्र भित्रिएको मोटरहेड टेक्कन आर २५० र अपग्रेडेड एमएच १५० मोटरसाइकलमा युवा आकर्षण देखिएको छ । मोटरहेडका अन्य धेरै मोडल नेपाली बजारमा उपलब्ध भए पनि पछिल्लो समयमा भित्रिएका यी दुई मोडलले फेस्टिभ सिजनमा विशेष आकर्षण गरेको र धेरै बिक्री भइरहेको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड स्रोतले जनाएको छ ।

केही समयका लागि मात्र मोटरहेड टेक्कन आर २५० को मूल्य ४ लाख ५ हजार रुपैयाँ कायम गरिएको र छिट्टै नै यसको मूल्य बढ्ने बताइएको छ ।

२२३ सीसी क्षमताको यो बाइकको अधिकतम पावर १२.५ किलोवाट र टर्क १७ एनएम रहेको छ । यो बाइकमा सुधार गरिएको सिलिन्डर र पिस्टनलाई प्रयोग गरिएको छ । १४ लिटर फ्युल ट्यांक क्षमता भएको टेक्कन आर २५० मा कडा चेसिसरफ्रेम, शानदार ग्राफिक्स, स्टाइलिस हेडलाइट, स्लिक सेप इन्डिकेटर, इन्बिल्ट इन्जिन लेग गार्ड, डबल डिस्क ब्रेक र आरामदायी सिट उपलब्ध गराइएको छ ।

मोटरहेड एमएचको मूल्य ३ लाख ५ हजार रुपैयाँ छ । यो बाइकमा नयाँ सीजी १५० सीसीको इन्जिन छ । त्यसैगरी ब्यालेन्स साफ्ट, इन्भर्टेड सक, डबल डिस्क ब्रेक, नयाँ डिजाइनको मफलर, टफ च्यासिस र सिंगल एक्सिस ब्यालेन्सर छ । बाइकमा नयाँ क्याची टाइपको ग्राफिक्स समेत रहेको छ ।

मोटरहेडका मोटरसाइकल किन्दा हाल नगदमा १२ हजार र फाइनान्समा ८ हजार रुपैयाँ छुट उपलब्ध गराइएको छ । नगद वा फाइनान्स जुनसुकै तरिकाले पनि यो मोटरसाइकल खरिद गर्न सकिन्छ ।

फाइनान्समा खरिद गर्दा पनि विभिन्न बैंक तथा फाइनान्स कम्पनीबाट सहज तरिकाले फाइनान्स सुविधा उपलब्ध हुने र १८ महिना सम्म बाँकी रकम किस्ता तिर्न सकिने व्यवस्था भएको कम्पनीको भनाइ छ । यसका लागि शुरुमा मोटरसाइकलको मूल्यको ५० प्रतिशत रकम डाउन पेमेन्टको रुपमा बुझाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

मोटरहेडको नयाँ मोटरसाइकल टेक्कन आर २५० सार्वजनिक, मूल्य ४ लाख ५ हजार

मोटरहेडको नयाँ मोटरसाइकल टेक्कन आर २५० सार्वजनिक, मूल्य ४ लाख ५ हजार

काठमाडौं – मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक एसएलआर टेक्नो...

मोटरहेड बाइकको प्रि–बजेट अफर : नगद छुट र कोभिड केयर गिफ्ट

मोटरहेड बाइकको प्रि–बजेट अफर : नगद छुट र कोभिड केयर गिफ्ट

काठमाडौं – मोटरहेड बाइकको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो न्ड...

नेपाली बजारमा आयो अपग्रेडेड मोटरहेड एमएच १५०, स्क्र्याम्बलर २५० पनि अब स्टकमा

नेपाली बजारमा आयो अपग्रेडेड मोटरहेड एमएच १५०, स्क्र्याम्बलर २५० पनि अब स्टकमा

काठमाडौं – नेपाली बजारमा मोटरहेडको अपग्रेडेड एमएच १५० बाइक भित्रिएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...