एड्भेन्चर सेग्मेन्टमा लोकप्रिय बन्दै हिरो एक्सपल्स २००, बढ्यो १४१ प्रतिशतले बजार

इन्ट्रि लेभलको एड्भेन्चर टुरिङ मोटरसाइकल हिरो एक्सपल्स अहिले यो सेग्मेन्टमै सर्बाधिक लोकप्रिय बनिरहेको छ । नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको यो मोटरसाइकलको बजार भारतिय बजारमा तिब्र गतीमा बिस्तार भैरहेको छ । अघिल्लो बर्षको सेप्टेम्बर महिनामा भारतीय बजारमा जम्मा १ हजार ३ सय ९८ युनिट बिक्री भएको यो बाइक यसै बर्षको सोही महिनामा भने ३ हजार ३ सय ७५ युनिट बिक्री भएको छ । जुन १४१ प्रतिशतले बढी हो ।

नेपाली बजारमा ४ लाख २ हजार रुपैयाँ पर्ने यसको मूल्य भारतमा भने जम्मा १ लाख २३ हजार भारतीय रुपैयाँ कायम गरिएको छ । यो मूल्य रेन्जमा अन्य ब्रान्डसंग एड्भेन्चर बाइक उपलब्ध नभएका कारण पनि एक्सपल्सलाई बजार लिन सजिलो भएको हो । सस्तो मुल्यमा फिचर्स लोडेड र उच्चतम पावर तथा पर्फमेन्सयुक्त बिशेषताका कारण यो बाइकलाई सेग्मेन्टमै सर्बाधिक भ्यालु फर मनी प्रोडक्टका रुपमा लिने गरिएको छ ।

२ सय सीसी क्षमताको एयर कुल्ड, फोर स्ट्रोक, २ भल्भ र सिंगल सिलिन्डर इन्जिन जडान गरिएको यसको अधिकतम पावर १८.४ पिएस र टर्क १७.१ एनएम रहेको छ । ट्युब्लर डायमन्ड फ्रेममा उत्पादन गरिएको यसको अगाडी टेलिस्कोपिक फर्क र पछाडी एड्जस्ट गर्न मिल्ने मोनोसक सस्पेनसन उपलब्ध गरिएको छ । डुअल डिस्क ब्रेक जडान गरिएको एक्सपल्सलाई थप सुरक्षित बनाउन सिंगल च्यानल एबिएस दिइएको छ । एलसिडी इन्स्ट्रुमेन्ट प्यानल दिइएको यो बाइकमा जडान गरिएको लाइटहरु पूर्णत एलइडी हो । यो बाइकमा स्मार्ट फोन इनेबल्ड नेभिगेसन समेत दिइएको छ ।

हिरो मोटर्सले भारतमा हालसालै यसको ४भी भर्सन समेत सार्बजनिक गरिसकेको छ । यसअघि उपलब्ध २भीको तुलनमा थप पवार र पर्फमेन्स सहित लन्च गरिएको यो बाइकले समेत अहिले निकै राम्रो चर्चा बटुलिरहेको छ । भारतीय बजारमा यसको मूल्य १ लाख २८ हजार भारतीय रुपैयाँ तोकिएको छ । निकट भबिष्यमै नेपाल भित्रिन सक्ने यो नयाँ मोटरसाइकलको मूल्य नेपाली बजारमा ४ लाख १५ हजार हाराहारी पर्ने अनुमान गरिएको छ ।

भारतीय बजारमा जस्तै एक्सपल्सले नेपाली राइडरमाझ समेत निकै राम्रो प्रभाव पार्दै लगेको छ । नेपालमा हिरोको खस्किंदो बजारलाई गति दिन एक्सपल्स २०० ले अहम भुमिका निर्बाह गरेको आधिकारिक बितरक नेपाल जनरल मार्केटिङ प्रालिले बताउने गरेको छ ।

सम्बन्धित समाचारहरू

हिरो एक्सपल्स २०० टीको उत्पादन बन्द, यस्तो छ कारण ?

हिरो एक्सपल्स २०० टीको उत्पादन बन्द, यस्तो छ कारण ?

काठमाडौं–हिरो मोटोकर्पले आफ्नो दुईवटा मोटरसाइकलको उत्पादन बन्द गर्ने...

एक्सपल्स २०० फोरभी सहित हिरो ग्ल्यामर एक्सटेक र मेस्ट्रो एज स्कुटर नेपाली बजारमा

एक्सपल्स २०० फोरभी सहित हिरो ग्ल्यामर एक्सटेक र मेस्ट्रो एज स्कुटर नेपाली बजारमा

हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक नेपाल जनरल मार्केटिङ...

एफआई इन्जिनमा आयो सुपर स्प्लेन्डरको ‘व्ल्याक एडिसन’, माइलेज ६८ किलोमिटर

एफआई इन्जिनमा आयो सुपर स्प्लेन्डरको ‘व्ल्याक एडिसन’, माइलेज ६८ किलोमिटर

हिरो मोटोकर्पले सुपर स्प्लेन्डरको ‘क्यानभास व्ल्याक एडिसन’ लन्च गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...