हिरो एक्सपल्स २०० टीको उत्पादन बन्द, यस्तो छ कारण ?
काठमाडौं–हिरो मोटोकर्पले आफ्नो दुईवटा मोटरसाइकलको उत्पादन बन्द गर्ने...
काठमाडौं – केही दिन पहिले मात्र भारतीय बजारमा सार्वजनिक गरिएको हिरोको फोर भल्वयुक्त एड्भेन्चर मोटरसाइकल एक्सपल्स २०० फोरभी करिव ६ महिना भित्रै नेपाली बजारमा उपलब्ध हुने भएको छ ।
हिरोको नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङका अध्यक्ष अभिक ज्योतिका अनुसार ६ महिना भित्रै यसका साथै अन्य मोडलहरु समेत नेपाली बजारमा उपलब्ध हुनेछन् । ज्योतिले भने, ‘हामीले नयाँ एक्सपल्सलगायतका अन्य मोडल समेत क्रमिक रुपमा नेपाली बजारमा उपलब्ध गराउदै जानेछौ ।’
नेपाली बजारमा हिरो एक्सपल्स २०० निकै नै रुचाइएको मोटरसाइकल हो । भारतीय बजारमा लन्च गरिएको नयाँ एक्सपल्स २०० फोरभी अझै पावरफुल रहेको छ ।
भारतीय बजारमा यसको मूल्य १ लाख २८ हजार भारु तोकिएको छ, जुन हाल प्रचलित स्ट्यान्डर्ड एक्सपल्स २०० भन्दा ५ हजार भारु बढी हो । हाल उपलब्ध एक्सपल्स २०० को मूल्य नेपालमा ४ लाख २ हजार रुपैयाँ छ । एक्सपल्स ४भी नेपाली बजारमा उपलब्ध भएमा यसको मूल्य ४ लाख १० हजार भन्दा बढी नै पर्ने अनुमान गर्न सकिन्छ ।
नयाँ एक्सपल्स २०० ४भीले १८.८ पावर र १७.३५ एनएम टर्क जेनेरेट गर्छ, जुन हाल प्रचलित एक्सपल्स भन्दा बढी हो । हालको स्ट्यान्डर्ड एक्सपल्स २०० ले १७.८ बीएचपी पावर र १६.४५ एनएम टर्क जेनेरेट गर्छ ।
इन्ट्री लेवलको सो एड्भेन्चर मोटरसाइकललाई पावरफुल बनाउनका लागि अन्य धेरै अपडेट समेत गरिएको छ । यसमा अपडेटेड ७ फिन आयल कुलर र सुधारिएको ट्रान्समिसन प्रयोग गरिएको छ । त्यसैगरी एलईडी हेडल्याम्प समेत छ ।
यो मोटरसाइकलमा ब्लुटुथ सपोर्ट र टर्न बाई टर्न नेभिगेसन सहितको फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, गियर इन्डिकेटर, सिंगल च्यानल एबीएस, लङ ट्राभल सस्पेन्सन, ड्युअल परपोज टायर आदि उपलब्ध छ ।
ट्रेल ब्लु, ब्लिच ब्लु र रेड रेइड गरी तीन भिन्न कलरमा यो मोटरसाइकल उपलब्ध हुनेछ ।
काठमाडौं–हिरो मोटोकर्पले आफ्नो दुईवटा मोटरसाइकलको उत्पादन बन्द गर्ने...
हिरो मोटोकर्पले आफ्नो सबैभन्दा बढी बिक्री हुने स्कुटर हिरो डेस्टिनी १२५...
काठमाडौं– आधिकारिक वितरकका रुपमा नियुक्त भएसंगै सिजी मोटर्सले स्वदेशमै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...