ब्लुटुथ कनेक्टिभिटी र सार्पर डिजाइन सहितको नयाँ हिरो माएस्ट्रो एज स्कुटर अब नेपाली बजारमा

काठमाडौं – नेपाली बजारमा नयाँ हिरो माएस्ट्रो एज लन्च भएको छ । नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले आज एक औपचारिक कार्यक्रममार्फत सो स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको हो ।

नयाँ माएस्ट्रो एज ११० मा फर्स्ट इन सेगमेन्ट एलईडी प्रोजेक्टर हेडलाइट, फुल डिजिटल स्पिडोमिटर, आईथ्रीएस स्टार्ट स्टप प्रणाली, ब्लुटुथ कनेक्टिभिटी, कल अलर्ट र टर्न बाई टर्न नेभिगेसन सहित नयाँ सार्पर डिजाइन छ ।

फुल डिजिटल स्पिडोमिटर र ब्लुटुथ कनेक्टिभिटीले यसलाई प्राविधिक रुपमा उन्नत गराएको छ । टर्न बाई टर्न नेभिगेसनले सवारी चलाएर अगाडि बढ्दा महत्वपूर्ण जानकारी प्राप्त गर्न सजिलो भई कल अलर्ट समेत प्रदान गर्छ ।

आईथ्रीएस स्टार्ट स्टप सिस्टमले इन्धन बचत गर्न मद्दत गर्छ भने ग्राहकको सुविधाको लागि वाहिरबाटै पेट्रोल हाल्ने व्यवस्था पनि छ ।

नयाँ हिरो माएस्ट्रो एज ११० मा नयाँ आकर्षक स्लिकर डिजाइन भएको र सेगमेन्टकै पहिलो शक्तिशाली एलईडी प्रोजेक्टर हेडलाइट भएको कम्पनीको भनाइ छ । स्कुटरको अगाडिको भाग सार्प बनाइएको छ ।

नयाँ माएस्ट्रो एज ११० मा बीएस४ अनुरुपको ११० सीसी इन्जिन छ, जसले ७५०० आरपीएममा ८ बीएचपी पावर र ५५०० आरपीएममा ८.७ एनएम टर्क जेनेरेट गर्छ ।

नयाँ हिरो माएस्ट्रो एज ११० को मूल्य २ लाख १५ हजार रुपैयाँ तोकिएको छ । यो म्याट रेड र ब्लु गरी दुई कलरमा उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

चाडपर्वको झल्को दिदै अटो कम्पनीहरु : ल्याउन थाले दसैं स्किम

चाडपर्वको झल्को दिदै अटो कम्पनीहरु : ल्याउन थाले दसैं स्किम

दसैं तिहार जस्ता चाडपर्व नजिकिदै छन् । आगामी असोजको दोस्रो साता देखि...

होन्डा साइनसँग प्रतिस्पर्धाका लागि हिरोले ल्याउँदै छ ग्ल्यामर एक्स्टेक

होन्डा साइनसँग प्रतिस्पर्धाका लागि हिरोले ल्याउँदै छ ग्ल्यामर एक्स्टेक

हिरो मोटोकर्पले हाल बजारमा प्रचलित ग्ल्यामर भन्दा माथिल्लो भर्सनको रुपमा...

एक्सपल्स २०० ४भीको डकार एडिसन लन्च, के छ थप विशेषता ?

एक्सपल्स २०० ४भीको डकार एडिसन लन्च, के छ थप विशेषता ?

हिरो मोटोकर्पले एक्सपल्स २०० ४भी को डकार एडिसन लन्च गरेको छ । प्रो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...