चेरी गाडी देखियो नेपाली सडकमा

काठमाडौेंको सडकमा पहिलो पटक चिनियाँ ब्रान्ड चेरीको गाडी देखिएको छ । नेपालमा शारदा ग्रुप अन्तर्गतको एसपीजी अटोमोबाइल्सले चेरी ब्रान्डको गाडी भित्र्याउने घोषणा पहिले नै गरेको भए पनि औपचारिक रुपमा गाडी उपलब्ध भएको घोषणा भने गर्न बाकी छ ।

चेरी टिग्गो ४ प्रो एसयूभी नेपाली सडकमा देखिएको हो । कम्पनीले सो गाडी नेपाली सडकमा परीक्षण गरिरहेको अनुमान गरिएको छ ।

१.५ लिटर इन्जिनयुक्त सो एसयूभी दसैं पश्चात औपचारिक रुपमा नेपाली बजारमा लन्च हुने अनुमान गरिएको छ । यस अघि एसपीजी अटोमाबाइल्सले दसै सम्ममा चेरी बान्डका गाडी नेपाली बजारमा उपलब्ध गराउने बताएको थियोे । यो गाडीको विशेषता र मूल्यका वारेमा कम्पनीले आधिकारिक रुपमा जानकारी दिए पछि मात्र सबै कुरा थाहा हुनेछ ।

एसपीजी अटोमोबाइल्स शारदा ग्रुप अन्तर्गतको कम्पनी हो । शारदा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्पले नेपाली बजारमा निसान र ड्याटसन गाडी समेत बिक्री–वितरण गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

चेरीले ल्यायो ‘चेरी चाडपर्व अफर’ : करिव ५ लाख ९० हजार फाइदा हुने

चेरीले ल्यायो ‘चेरी चाडपर्व अफर’ : करिव ५ लाख ९० हजार फाइदा हुने

काठमाडौं – नेपालका लागि चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स...

नेपाली अटोमोबाइल क्षेत्र ड्राइभ गरिरहेका यी महिलाहरु

नेपाली अटोमोबाइल क्षेत्र ड्राइभ गरिरहेका यी महिलाहरु

नारी र पुरुष एकै रथका दुई पांग्रा हुन् भन्ने भनाइ छ । यो भनाइलाई नेपाली...

१८० एमएम माथी ग्राउन्ड क्लिरियन्स भएका तीन सस्ता कार

१८० एमएम माथी ग्राउन्ड क्लिरियन्स भएका तीन सस्ता कार

सामन्यत गाडी किन्ने ग्राहकले उक्त गाडीको लुक्स तथा डिजाइन, पावर तथा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...