अक्टोबर २० मा लन्च हुने भयो टाटा पन्च, सम्पूर्ण फिचर भयो सार्वजनिक

भारतीय बजारमा टाटा पन्च आगामी अक्टोबर २० मा लन्च हुनेछ । टाटा पन्चको प्रि–बुकिङ पनि प्रारम्भ गरिएको छ । यो भन्दा पहिले यसको सम्पूर्ण विवरण समेत सार्वजनिक भएको छ ।

टाटा पन्च माइक्रो एसयूभी, क्रसओभर वा ह्याचब्याक के हो ? भन्ने जिज्ञासा समेत उत्पन्न भएको छ । यसलाई सब–कम्प्याक्ट एसयूभ वा माइक्रो एसयूभी भनिने छ ।

डाइमेन्सन
टाटा पन्च ३,८२७ एमएम, चौडाई १,९४५ एमएम र उचाई १,६१५ एमएम हुनेछ । यसको ह्विलबेस २,४४४ एमएम छ । यसको बुट स्पेस ३६६ लिटर छ भने ग्राउन्ड क्लियरेन्स १८७ एमएम छ ।

एक्सटेरियर
टाटा पन्च माइक्रो एसयूभीमा स्प्लिट हेडल्याम्प डिजाइन दिइएको छ । यसको माथिल्लो युनिटमा एलईडी डीआरएल छ । तल्लो युनिटमा हेलोजन प्रोजेक्टर हेडल्याम्प छ । त्यसैगरी ड्युअल टोन बम्पर, फगलाइट, एक सिंगल स्लेट ग्रिल, १६ इन्च ड्युअल टोन अलोय ह्विल, सी–पिलर माउन्टेड रियर डोर ह्यान्डल, ९० डिग्री ओपनिङ डोर र एलईडी टेललाइट दिइएको छ ।

इन्जिन
टाटा पन्च १.२ लिटर नेचुरल्ली एस्पिरेटेड, थ्री सिलिन्डर रिभोट्रोन पेट्रोल इन्जिनका साथ उपलब्ध हुनेछ । यसले ८५ बीएचपी पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनलाई ५ स्पिड म्यानुअल वा अटोमेटिक ट्रान्समिसनमा जोडिएको छ । यसको अटोमेटिक भेरिएन्टमा ट्रयाक्सन प्रो मोड उपलब्ध हुनेछ । यसले ह्विलमा राम्रो ग्रिपका साथ अझै बढी पावर प्रदान गर्छ । यसलाई प्योर, एड्भेन्चर, एकम्प्लिस्ड र क्रिएटिभ गरी चार भेरिएन्टमा उपलब्ध गराइने छ । त्यसैगरी यो विभिन्न ७ कलर अप्सनमा उपलब्ध हुनेछ ।

इन्टेरियर
टाटा पन्चमा ड्युअल टोन इन्टेरियर उपलब्ध हुनेछ । त्यसैगरी टाटाले अन्य कारमा समेत उपलब्ध गराइरहेको हरमनको ७ इन्च स्क्रिनयुक्त इन्फोटेनमेन्ट सिस्टम उपलब्ध गराइएको छ । यसले एप्पल कारप्ले र एन्ड्रोइड अटोलाई सपोर्ट गर्छ । त्यसैगरी ७ इन्चको इन्स्ट्रयुमेन्ट क्लस्टर, लेदरले ¥याप गरिएको फ्ल्याट बटम स्टेयरिङ ह्विल, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, स्टेयरिङ माउन्टेड कन्ट्रोल, सिटी र इको गरी दुई ड्राइभ मोड, इन्जिन स्टार्ट स्टप बटन, हाइट एड्जस्टेबल ड्राइभर सिट आदि फिचर पाउन सकिन्छ ।

सेफ्टी फिचर
कारमा एक कुलिङ ग्लोब बक्स, आर्मरेस्ट, अटोमेटिक हेडल्याम्प, रेन सेन्सिङ वाइपर, ड्युअल एयरब्याग, एबीएसका साथ ईबीडी, रियर पार्किङ सेन्सर, सिट बेल्ट रिमाइन्डर, स्पिड अलर्ट, ब्रेक स्वे कन्ट्रोल, रिभर्स पार्किङ क्यामेरा, टायर पन्चर रिपेयर किट आदि फिचर पाउन सकिन्छ ।

प्रतिस्पर्धा
टाटा मोटर्सले टाटाको लाइनअपमा टाटा पन्चलाई टाटा नेक्सन भन्दा तल र टाटा अल्ट्रोज भन्दा माथि राखेको छ । सुजुकी इग्निस र महिन्द्रा केयूभी १०० का साथै हाल प्रचलित निसान म्याग्नाइट र रेनो काइगरसँग समेत यसको प्रतिस्पर्धा हुनेछ ।

भारतीय मिडियाहरुले यसको प्रारम्भिक मूल्य ५ लाख वा ५ लाख ५० हजार भारु सम्म हुने अनुमान गरेका छन् । नेपाली बजारमा आयो भने यसको मूल्य करिव ३० लाख रुपैयाँको हाराहारी पर्न सक्छ ।

सम्बन्धित समाचारहरू

५ वर्षभित्र ७ नयाँ कार लन्च गर्दै टाटा मोटर्स, पहिलो नयाँ मोडल सिएरा हुने

५ वर्षभित्र ७ नयाँ कार लन्च गर्दै टाटा मोटर्स, पहिलो नयाँ मोडल सिएरा हुने

भारतिय अटो निर्माता टाटा मोटर्सले सन् २०३० सम्ममा आफ्नो प्रोडक्ट लाइनअप...

टाटा बन्यो दोस्रो ठूलो कार कम्पनी

टाटा बन्यो दोस्रो ठूलो कार कम्पनी

टाटा मोटर्स भारतको दोस्रो ठूलो अटो कम्पनी बनेको छ । हुन्डाईलाई पछि पार्दै...

४ हजार किमी बढी यात्रा गर्दै केरलादेखि काठमाडौं सम्म टाटा कर्भ ईभीमा

४ हजार किमी बढी यात्रा गर्दै केरलादेखि काठमाडौं सम्म टाटा कर्भ ईभीमा

नेपालमा हालै सार्वजनिक टाटा कर्भ ईभी चढेर भारतका ३ जनाले ४ हजार भन्दा बढी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...