आज नेपाली बजारमा फक्सवागन टाइगुन सार्वजनिक हुँदै, कति पर्ला मूल्य ?

काठमाडौं – आज नेपाली बजारमा फक्सवागनको बहुचर्चित एसयूभी टाइगुन लन्च हुने भएको छ । नेपालका लागि फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपालले औपचारिक रुपमा सो एसयूभी सार्वजनिक गर्ने बताएको छ ।

९९९ सीसीको टर्बो–चार्ज्ड स्ट्राटिफाइड इन्जेक्सन (टीएसआई) इन्जिनयुक्त फक्सवागन टाइगुनले क्लासमै सबैभन्दा धेरै ११५ पीएस पावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । टाइगुन एसयूभीको लन्चिङ पश्चात फक्सवागनको मिड–साइज कम्प्याक्ट एसयूभीका लागि व्यग्रतापूर्वक प्रतीक्षारत नेपाली कार प्रेमीहरुको प्रतीक्षाको घडि समाप्त हुनेछ । भारतीय बजारमा केही दिन पहिले सार्वजनिक गरिएको फक्सवागन टाइगुनले नेपाली बजारमा पनि राम्रो प्रतिक्रिया जनाउने अपेक्षा गरिएको छ ।

नेपाली बजारमा उपलब्ध यो क्याटागोरीका कम्प्याक्ट एसयूभी मध्ये यसको पावर र टर्क सबैभन्दा उच्च भएको कम्पनीको दाबी छ । फक्सवागन आफ्नो क्लास लिडिङ ठूला एसयूभीको लागि विश्वमै लोकप्रिय छ । एसयूभी ‘टाइगुन’ लन्च पश्चात अब कम्पनी मास मार्केटमा समेत प्रवेश गर्ने विश्वास गरेको छ ।

कम्फर्ट, हाईलाइन र टपलाइन गरी भिन्न ३ भेरिएन्टमा उपलब्ध रहने टाइगुन म्यानुअल र अटोमेटिक गरी दुईवटै ड्राइभिङ अप्सनमा उपलब्ध हुनेछ ।

१ हजार सीसी क्षमताको इन्जिन जडान भएपनि यसले दिने पावर र टर्क भने प्रतिस्पर्धी ब्रान्डका सोही सेग्मेन्टका गाडीमा प्रयोग हुने १ हजार ५ सय सीसी क्षमतायुक्त एमपीआई इन्जिन बराबरको छ ।

यो गाडीलाई अत्याधुनिक र सुबिधासम्पन्न बनाउन कम्पनीले यसमा भेन्टिलेटेड फ्रन्ट सिट, डिजिटल ड्राइभर डिस्प्ले, सनरुफ, वायरलेस चार्जिङ, १० इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, अटो एसी, फ्ल्याट बटम स्टेयरिङ ह्विल र १७ इन्चको ड्युअल टोन अलोय ह्विलजस्ता फिचर्स समाबेश गरेको छ । त्यसैगरी ६ वटासम्म एयर ब्याग र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल जस्ता फिचर्स थप गरिएको छ ।

नेपाली बजारमा यसको प्रारम्भिक मूल्य ५१ लाख रुपैयाँको हाराहारी हुने अनुमान गरिएको छ । केही दिन पहिले नेपाली बजारमा सार्वजनिक भइसकेको स्कोडा कुशाकसँग यसको सीधा प्रतिस्पर्धा हुनेछ । त्यसैगरी बजारमा उपलब्ध किया सेल्टोस र हुन्डाई क्रेटा आदि एसयूभीसँग समेत यसको प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचारहरू

२०२१ फक्सवागन टाइगुनको उत्पादन भारतमा सुरु, नेपालमा पनि आउने

२०२१ फक्सवागन टाइगुनको उत्पादन भारतमा सुरु, नेपालमा पनि आउने

भारतीय बजारमा २०२१ फक्सवागन टाइगुन लन्च गर्ने तयारी अवस्थामा रहेको छ ।...

आजदेखी फक्सवागन गाडीको एक्सचेन्ज अफर, यस्तो छ छुट र सुविधा

आजदेखी फक्सवागन गाडीको एक्सचेन्ज अफर, यस्तो छ छुट र सुविधा

फक्सवागन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपाल...

परीक्षणको क्रममा देखियो फक्सवागनको नयाँ एसयूभी, चाँडै लन्च गर्दै

परीक्षणको क्रममा देखियो फक्सवागनको नयाँ एसयूभी, चाँडै लन्च गर्दै

फक्सवागनले चाँडै नै भारतीय बजारमा नयाँ एसयूभी लन्च गर्ने योजना बनाइरहेको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...