टोयोटाले ल्याउदैछ नयाँ एसयूभी फ्रन्टल्यान्डर, जारी भयो टिजर

टोयोटाले विश्व बजारको लागि नयाँ फ्रन्टल्यान्डर एसयूभीको टिजर तस्बिर जारी गरेको छ । नयाँ एसयूभी भर्खरै लन्च गरिएको कोरोला क्रस एसयूभीमा आधारित छ र लगभग उस्तै देखिन्छ । नयाँ फ्रन्टल्याण्डर एसयूभी सबैभन्दा पहिले चिनियाँ बजारमा लन्च हुने सम्भावना छ । त्यसपछि यो अन्य बजारमा लन्च गरिनेछ ।

फ्रन्टल्यान्डर एसयूभी टोयोटाको -याभ फोर एसयूभी भन्दा तल राखिनेछ । टोयोटाले यसलाई चिनियाँ ब्रान्ड जीएसीसँग साझेदारीमा बनाउनेछ । टिजर फोटोमा एसयूभीको साइड प्रोफाइल देखि रुफलाइनको झलक देख्न सकिन्छ । टोयोटाले पहिला देखि नै जीएसीसँग मिलेर धेरै मोडेलहरु वाइडल्यान्डर र क्राउन क्लगर जस्ता एसयूभी बिक्री गरिरहेको छ ।

नयाँ फ्रन्टल्यान्डर एसयूभीको धेरै जसो सुविधाहरु जापान स्पेक कोरोला क्रस एसयूभीसँग साझा गर्ने सम्भावना रहेको छ । फ्रन्टल्याण्डर र कोरोला क्रस मोडेलको साइड प्रोफाइल लगभग उस्तै देखिन्छ । यद्यपि फ्रन्टल्यान्डरको हेडल्याम्प, फ्रन्ट मेन ग्रिल र बम्पर कोरोला क्रस भन्दा अलि फरक देख्न सकिनेछ ।

फ्रन्टल्यान्डरलाई टोयोटाको टीएनजीए मोड्युलर प्लेटफर्ममा निर्माण गरेको छ । विश्व बजारमा टोयोटाको एसयूभी र सेडानको ठूलो रेन्ज यही प्लेटफर्मको प्रयोग गरिएको छ । फ्रन्टल्यान्डरमा १.८ लिटर पेट्रोल इन्जिन प्रयोग गरिएको छ । जसमा हाइब्रिड टेक्नोलोजीले सुसज्जित रहेको छ । यसमा अल ह्वील ड्राइभ धेरै जसो भेरियन्एमा स्ट्यान्डर्डको रूपमा उपलब्ध हुनेछ ।

सम्बन्धित समाचारहरू

टोयोटा इनोभा अब इलेक्ट्रिक भर्सनमा आउने, यस्तो हुनेछ फिचर

टोयोटा इनोभा अब इलेक्ट्रिक भर्सनमा आउने, यस्तो हुनेछ फिचर

टोयोटाले चाँडै आफ्नो लोकप्रिय एसयूभी इनोभाको इलेक्ट्रिक भेरिएन्ट लन्च...

सानो ल्यान्ड क्रुजर आउँदै

सानो ल्यान्ड क्रुजर आउँदै

काठमाडौं– टोयोटाले आफ्नो लोकप्रिय एसयूभी ल्यान्ड क्रुजरलाई सानो आकारमा...

धुम्बाराहीमा खुल्यो हाइटेक उपकरण र प्रविधियुक्त बुटिक वर्कशप ‘पिटस्टप’

धुम्बाराहीमा खुल्यो हाइटेक उपकरण र प्रविधियुक्त बुटिक वर्कशप ‘पिटस्टप’

काठमाडौं – काठमाडौंको आनन्दनगर, धुम्बाराहीमा नयाँ बुटिक वर्कशप ‘पिटस्टप’...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...