नेपाल भित्रियो फक्सवागन टाइगुन, चितवनबाट आज -यालीसहित काठमाडौं भित्रिदै

काठमाडौं – भारतमा केही दिन पहिले सार्वजनिक गरिएको फक्सवागन टाइगुन एसयूभी नेपाल भित्रिएको छ । भैरहवाको सुनौली नाका हुँदै भित्रिएको एसयूभी हाल चितवन पुगेको छ । आज एक -यालीका साथ सो एसयूभी काठमाडौं भित्रिदै छ ।

नेपालमा फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपालले आगामी आइतबार एक कार्यक्रमका बीच फक्सवागन टाइगुन एसयूभी सार्वजनिक गर्ने योजना बनाएको छ । नेपाली बजारमा यो निकै नै प्रतीक्षा गरिएको एसयूभी हो ।

९९९ सीसीको टर्बो–चार्ज्ड स्ट्राटिफाइड इन्जेक्सन (टीएसआई) इन्जिनयुक्त फक्सवागन टाइगुनले क्लासमै सबैभन्दा धेरै ११५ पीएस पावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । टाइगुन एसयूभीको लन्चिङ पश्चात फक्सवागनको मिड–साइज कम्प्याक्ट एसयूभीका लागि व्यग्रतापूर्वक प्रतीक्षारत नेपाली कार प्रेमीहरुको प्रतीक्षाको घडी समाप्त हुनेछ ।

उत्तर अमेरिकामा अवस्थित घना र बाक्लो टाइगा जंगलको नामबाट टाइगुन एसयूभीको नाम राखिएको र भारतमा एमक्यूबी–एओ–आईएन प्लेटफर्ममा उत्पादन गरिएको कारण यसले युरोप र एसिया दुवैको ‘टेस्ट’ दिन्छ । फक्सवागन ब्रान्डको सेफ्टी, बिल्ड क्वालिटी र फन–टु–ड्राइभ एक्सपेरियन्स जस्ता कोर डीएनएलाई टाइगुनले पनि पछ्याएको छ । यसमा फक्सवागनका अन्य ब्रान्ड अलस्पेस, द टिगुआन र टी–रक जस्तै ग्लोबल डिजाइन ल्यांग्वेज र लाइनेज प्रयोग गरिएको छ । जो ब्यक्ति बोल्ड छ, सफलताका लागि ड्राइभ गर्न रमाउछ, आफ्नो आकांक्षालाई सोकेश गर्न डराउदैन, आफ्नो उपस्थितिको सबैमाझ पहिचान कायम राख्न सक्छ र आफ्नो अनुपस्थितिमा समेत सबैको प्रशंसक बन्न चाहन्छ, ती सबैका लागि फक्सवागन टाइगुन उपयुक्त छ ।

फक्सवागन टाइगुनमा भएका ४० भन्दा बढी एक्टिभ र प्यासिभ सेफ्टी फिचरले कार भित्रका यात्रु मात्र होइन, कार बाहिर वरिपरिका व्यक्तिहरुलाई समेत सुरक्षित राख्छ ।

द अल न्यु एसयूभी टाइगुन वास्तवमा पहिले नै चाइनिज र युरोपियन बजारमा राम्रो प्रभाव जमाउन सफल एसयूभी टी–रकबाट प्रभावित कन्सेप्टमा आधारित छ । त्यसैले टी–रकले प्राप्त गरेको प्रिभिलेज अनुसारकै स्पेसल ट्रिटमेन्ट टाइगुनमा समेत उपलब्ध गराइएको छ । यसले गर्दा ९९९ सीसी मात्र इन्जिन क्षमता भएर पनि पावर, पर्फमेन्स, सेफ्टी र कम्फर्टको मामिलामा टाइगुनको क्षमता कुनै पनि हिसाबले कम छैन ।

नेपाली बजारमा फक्सवागन टाइगुनको मूल्य ५१ लाख रुपैयाँको हाराहारी हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

४ हजार वटा महँगा कार बोकेको पानीजहाज आन्ध्र महासागरमा डुब्यो

४ हजार वटा महँगा कार बोकेको पानीजहाज आन्ध्र महासागरमा डुब्यो

पोर्चुगलको अजोर्ज द्वीप समूहभन्दा पर आन्ध्र महासागरमा हजारौँ विलासी कार...

फक्सवागन टाइगुन : नेपाली बजारमा थपिएको नयाँ एसयूभीका यस्ता छन् विशेषता

फक्सवागन टाइगुन : नेपाली बजारमा थपिएको नयाँ एसयूभीका यस्ता छन् विशेषता

हालै नेपाली बजारमा फक्सवागनको नयाँ एसयूभी टाइगुन भित्रिएको छ । भारतमा...

होन्डा सिटीसँग प्रतिस्पर्धा गर्न फक्सवागनले ल्याउदै छ भर्टस सेडान कार

होन्डा सिटीसँग प्रतिस्पर्धा गर्न फक्सवागनले ल्याउदै छ भर्टस सेडान कार

फक्सवागनले भारतीय बजारका लागि नयाँ मिड साइज सेडान कार ल्याउने तयारी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...