होन्डा साइन बन्यो १ करोड ग्राहक भएको पहिलो १२५ सीसी बाइक
होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डिया प्रालिले ठुलो कोसेढुङ्गा हासिल...
जापानी कार निर्माता होन्डाले होन्डा बीआर–भी ७ सिटर क्रसओभर सब–कमक्ट एसयूभी सार्वजनिक गरेको छ । सो एसयूभीको डिजाइन कम्पनीले ग्राहकको आवश्यकतालाई ध्यानमा राखेर निर्माण गरेको छ । बीआर–भी एसयूभीको डिजाइन एचआर–भी एसयूभीबाट प्रेरित छ । कम्पनीका निर्देशक ताकेहिरो वतनबेले सो एसयूभी इन्डोनेसियाली बजारमा लन्च गर्ने र आगामी दिनमा भारत लगायत अन्य देशमा पनि लन्च गर्ने जानकारी दिएका छन् ।
डिजाइन
सो एसयूभी २०१५ को मोडलको तुलनामा बिल्कुल फरक देखिन्छ । होन्डा बीआर–भी ७ सिटर एसयूभीको एक्सटरियरको साथै इन्टेरियरमा धेरै नयाँ फिचर दिइएको छ । जसले सो एसयूभीलाई नयाँ पहिचान दिनेछ ।
फिचर
नेक्सट जेनेरेशन होन्डा बीआर–भी एसयूभीलाई आकर्षक बनाउनका लागि एलईडी डीआरएलएस हेडल्याम्प दिइएको छ । साथै सो एसयूभीको फ्रन्ट ग्रिल दुई पटक डिजाइन गरिएको छ । यो एसयूभीमा एलईडी टेलल्याम्प र १७ इन्चको अलोय ह्वील समावेश गरिएको छ । एसयूभीको ड्यासबोर्डमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट डिस्प्लेको साथमा ४.२ इन्चको टीएफटी स्क्रिन पनि समावेश गरिएको छ । यसको साथै एसयूभीमा रिमोट इन्जिन स्टार्ट, होन्डा लेनवाच, लेन असिस्ट सिस्टम, टक्कर न्यूनीकरणका लागि ब्रेक सिस्टम र अडेप्टिभ क्रुज कन्ट्रोल समावेश गरिएको छ ।
इन्जिन
सो एसयूभीमा १.५ लिटर डिओएचसी आई–भीटीईसी इन्जिन समावेश गरिएको छ । जसले ६००० आरपीएममा १२१ बीएचपी र ४३०० आरपीएममा १४५ एनएमको टर्क जेनेरेट गर्छ । पेट्रोल इन्जिनको साथमा कन्टिन्युअस भेरिएबल ट्रान्समिशन सिस्टम जोडिएको छ । यस एसयूभीमा ५ फरक रङको विकल्प रहेको छ । जसमा ह्वाइट, क्रिस्टल ब्ल्याक पर्ल, प्रिमियम ओपल ह्वाइट पर्ल, लुनर सिल्वर मेटालिक र मोडर्न स्टिल मेटालिक समावेश रहेको छ ।
होन्डा मोटरसाइकल एण्ड स्कुटर इन्डिया प्रालिले ठुलो कोसेढुङ्गा हासिल...
काठमाडौं- बागमती प्रदेश सरकारले साउन १ बाट नयाँ आर्थिक वर्ष सुरु भएसँगै सबै...
काठमाडौं – होन्डा मोटरसाइकल र स्कुटर किन्ने ग्राहकका लागि नेपालका लागि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...