नेपाल भित्रिने प्रतीक्षामा अब फक्सवागन टाइगुन, कति पर्ला मूल्य ?
काठमाडौं – जर्मन अटो मेकर फक्सवागनको बहुप्रतीक्षित टाइगुन एसयूभी भदौ...
भारतमा बहुप्रतीक्षित फक्सवागन टाइगुन एसयूभी लन्च भएको छ । मिडसाइज एसयूभी फक्सवागन टाइगुन डाइनामिक लाइन र पर्फमेन्स लाइन गरी दुई फरक भेरिएन्ट लाइनमा उपलब्ध छ । डाइनामिक लाइनमा तीन ट्रिम लेभल कम्फर्टलाइन, हाइलाइन र टपलाइन हुनेछन् भने पर्फमेन्स लाइनमा जीटी र जीटी प्लस गरी दुई ट्रिम लेवल हुनेछन् ।
फक्सवागन टाइगुनको मूल्य भारतीय बजारमा १० लाख ५० हजार देखि १७ लाख ५० हजार रुपैयाँ सम्म तोकिएको छ । विभिन्न पाँच कलर अप्सनमा यो एसयूभी उपलब्ध हुनेछ ।
फक्सवागन टाइगुनमा कम्पनीको क्रोम ग्रिलका साथ चौकोर एलईडी हेडल्याम्प, डीआरएल, एलईडी टेललाइटका साथ १७ इन्चको अलोय ह्विल तथा चारैतिर प्लास्टिक क्लेडिङ दिइएको छ । कम्पनीको एमक्युबी–एओ–आईएन प्लेटफर्ममा तयार गरिएकोले कम्पनीको डिजाइन ल्यांग्वेज यसमा अनुभव गर्न सकिन्छ । यसमा ब्ल्याक कलरको हनीकम्ब ग्रिल छ, जुन क्रोम स्लेटका साथ आउछ । यसमा सार्क फिन एन्टेना, रुफ रेल, ड्युअल टोन ओआरभीएम आदि दिइएको छ ।
फक्सवागन टाइगुनको इन्टेरियरमा ड्युअल टोन कलर छ भने ड्यासबोर्डमा सिल्भर पट्टी देख्न सकिन्छ । यसमा फ्ल्याट बटम स्टेयरिङ र यसको आसपासमा कन्ट्रोल बटन दिइएको छ । त्यसैगरी १० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ब्लुटुथ कनेक्टिभिटी, एन्ड्रोइड अटो र एप्पल कारप्ले कनेक्टिभिटी उपलब्ध छ ।
गाडीमा वायरलेस चार्जर, रियर एसी भेन्ट्स, फ्रन्ट तथा रियर स्मार्टफोन चार्जिङ पोर्ट, सेन्ट्रल आर्मरेस्ट, क्लाइमेट कन्ट्रोल, इलेक्ट्रिक सनरुफ, रेड एम्बिएन्ट लाइटिङ, स्मार्ट टच क्लाइमेट्रोनिक अटो एसी आदि फिचर समेत उपलब्ध छन् ।
सुरक्षाका लागि गाडीमा इलेक्ट्रिक स्टेबिलिटी कन्ट्रोल, टायर प्रेसर डिफ्लेसन वार्निङ, पार्क डिस्ट्यान्स कन्ट्रोल, रियरभ्यु क्यामेरा, हिल होल्ड कन्ट्रोल, ६ एयरब्याग, ईबीडीका साथ एबीएस, कोलिजन ब्रेक, आइसोफिक्स चाइल्ड सिट माउन्ट आदि उपलब्ध छन् ।
फक्सवागन टाइगुन दुई इन्जिन विकल्पमा उपलब्ध भएको छ । पहिलो १.० लिटर टीएसआई टर्बो पेट्रोल इन्जिनले ११३ बीएचपी पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड म्यानुअल र ६–स्पिड अटोमेटिक गियरबक्स उपलब्ध छ । त्यसैगरी अर्को १.५ लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन छ, जसले १४८ बीएचपी पावर र २५० एनएम टर्क जेनेरेट गर्छ । यसमा ६–स्पिड अटोमेटिक र ७–स्पिड डीएसजी अटोमेटिक गियरबक्सको विकल्प उपलब्ध छ ।
फक्सवागन टाइगुनले आगामी दिनमा हुन्डाई क्रेटा, किया सेल्टोस, निसान किक्स र स्कोडा कुशाकसँग प्रतिस्पर्धा गर्नेछ ।
नेपाली बजारमा फक्सवागन टाइगुन आगामी असोज १५ गते लन्च गर्ने तयारी भएको नेपालका लागि फक्सवागनको आधिकारिक वितरक पूजा इन्टरनेसनल स्रोतले बताएको छ । नेपालमा समेत यो धेरैले व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेको गाडी हो । नेपालमा यसको मूल्य ५२ लाख देखि ७३ लाख रुपैयाँ सम्म पर्ने अनुमान गर्न सकिन्छ ।
काठमाडौं – जर्मन अटो मेकर फक्सवागनको बहुप्रतीक्षित टाइगुन एसयूभी भदौ...
काठमाडौं – जीडब्लुएम नेपालले नेपालमा आफ्नो धेरै लोकप्रिय पिकअप ट्रक विंगल...
कार खरिदकर्ताहरु सेडान कार धेरै मन पराउँछन् र सेडान कार हेर्दा लक्जरी कार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...