४ हजार वटा महँगा कार बोकेको पानीजहाज आन्ध्र महासागरमा डुब्यो
पोर्चुगलको अजोर्ज द्वीप समूहभन्दा पर आन्ध्र महासागरमा हजारौँ विलासी कार...
जर्मन अटो मेकर फक्सवागनले पर्सि बिहीबार अर्थात सेप्टेम्बर २३ मा भारतीय बजारमा टाइगुन एसयभी लन्च गर्दैछ । लामो समयदेखी प्रतिक्षा गरिएको यो एसयुभी भारतीय बजारमा लन्च भए लगत्तै नेपाल भित्रिने पक्कापक्कि भैसकेको छ । नेपालमा फेस्टिवल सिजन सुरुवात भइसकेको र यो समयमा नयाँ एसयुभीलाई बजारमा उतारेर अटो पारखीको मिन जित्न आधिकारिक बितरक पूजा इन्टरनेश्नल नेपालले सबै तयारी पुरा गरिसकेको बताएको छ । टाइगुन नेपाल भित्रिने मिती नजिकिएसंगै यो एसयुभीका बारेमा चासो ब्याक्त गर्ने ग्राहकहरु समेत बढिरहेका छन् । यसै सन्दर्भमा हामीले यो एसयुभीको ५ बिशेषतालाई केलाउने कोशिश गरेका छौ ।
इन्जिन र पावर
फक्सवागनले यो एसयुभीलाई टर्बो चार्ज पेट्रोल टिएसआई र टर्बो पेट्रोलमा उतार्न गैरहेको छ । जसमध्ये पहिलो इन्जिन १.० लिटर ३ सिलिन्डर टर्बोचार्ज टीएसआईले अधिकतम ११५ पीएसको पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । दोस्रो इन्जिन १.५ लिटर ४ सिलिन्डर टर्बो पेट्रोल इन्जिनले १५० पीएसको अधिकतम पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ । कम्पनीले यो एसयुभीमा तीन ट्रान्समिशनको विकल्प दिने भएको छ । यसमा ६ स्पिड म्यानुअल गियरबक्सको साथै ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक र ७ स्पिड डीएसजी अटोमेटिक गियरबक्सको विकल्प दिइएको छ ।
लुक्स तथा डिजाइन
कारको एक्सटिरियर लुक र डिजाइन यूरोपियन एलिगेन्स डिजाइनको साथमा पेश गरिएको छ । जसका कारण यो निकै नै ग्ल्यामर देखिएको छ । टाइगुनको अगाडि थ्री स्लेट ग्रिल विथ क्रोम फिनिश देख्न सकिन्छ र ग्रिलमा फक्सवागनको बेजिङ पनि देख्न सकिन्छ । टाइगुनको डिजाइन टीरोकसँग मिल्दोजुल्दो रहेको छ । यसमा स्लिक एलईडी हेडलाइट र एलईडी डीआरएल समावेश गरिएको छ । बोनटमा बडी लाइन र तल सिल्भर स्किड प्लेट रहेको छ । कारको पछाडि दुबै तर्फ एलईडी टेल लाइट जाडन गरिएको छ । यसमा क्रोम डोर ह्यान्डल, सिल्भर रुफ रेल र ब्ल्याक बी पिलर्स समावेश गरिएको छ । साथै यो एसयुभीमा २६५१ एमएमको बेस्ट-इन-सेगमेन्ट ह्वीलबेस रहेको छ । एसयूभीमा फराकिलो ह्वील आर्क र १७ इन्च डुअल टोन अलोय ह्वील दिइएको छ ।
इन्टेरियर
यो एसयूभीको भित्र डुअल टोन इन्टिरियरले डिजिटल ककपिटको साथमा प्रिमियम लुक दिइएको छ । यो एसयुभीमा उच्च तहको ड्राइभिङ सिट पोजिशन, रियर सिटको लागि पर्याप्त स्पेस र स्तरिय एबं आरामदायी सिट जडान गरिएको छ । साथै यसमा ३८५ लिटरको बूट स्पेस रहेको छ ।
फिचर
यसमा अल डिजिटल ८ इन्च ड्राइभर डिस्प्ले र १० इन्चको इन्फोटेनमेन्ट युनिट रहेको छ । जहाँ एप्पल कार प्ले र एन्ड्रोइड अटोलाई कनेक्ट गर्न सकिन्छ । यो एसयुभीमा सनरूफ, स्पोर्टी फ्ल्याट बटम स्टेयरिङ ह्वील, क्लाइमेट कन्ट्रोल, रिभर्स क्यामेरा, अटो एलईडी हेड लाइट र भेन्टिलेटेड फ्रन्ट सिट उपलब्ध रहेको छ ।
सेफ्टी फिचर
टाइगुनमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ट्रयाक्शन कन्ट्रोल सिस्टम, हाइड्रोलिक ब्रेक बुस्टिङ, ब्रेक डिस्क वाइपिङ, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युशन, इलेक्ट्रोनिक डिफरेन्शियल लक जस्ता फिचर प्रदान गरिएको छ । यसको साथै टायर डिफ्लेशन वार्निङ, हिल होल्ड कन्ट्रोल र थ्री रियर हेड रेस्ट्रेन्ट जस्ता फिचर उपलब्ध रहेको छ ।
पोर्चुगलको अजोर्ज द्वीप समूहभन्दा पर आन्ध्र महासागरमा हजारौँ विलासी कार...
स्कोडा अटो र फक्सवागन इन्डियाले भारतमा ठूलो लगानी थप्ने भएका छन् ।...
भारतीय स्वमित्वमा सञ्चालन हुँदै आइरहेको पोखरास्थित मणिपाल मेडिकल कलेजको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...