पुरै नयाँ डिजाइनमा आउने भयो हुन्डाई आई२०, पहिलो टिजर सार्बजनिक
हुण्डाईले नेक्स्ट–जेन आई२० को पहिलो टिजर इमेज सार्बजनिक गरेको छ । अर्को...
दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले नयाँ माइक्रो एसयूभी क्यास्पर आधिकारिक रुपमा लन्च गरेको छ । यो कम्पनीको सबैभन्दा सस्तो एसयूभी हो जसलाई कोरियामा सार्वजनिक गरिएको हो । कम्पनीले सो एसयूभीको सुरुवाती मूल्य कोरियामा करिव १३ लाख रुपैयाँ तय गरेको छ ।
हुन्डाई क्यास्पर कम्पनीको के१ प्लेटफर्ममा आधारित रहेको छ । आगामी दिनमा यो कार नेपाली बजारमा समेत उपलब्ध हुनेछ ।
सो माइक्रो एसयूभीको लम्बाई ३५९५ एमएम, चौडाई १५९५ एमएम, उचाई १५७५ एमएम र ह्वीलवेस २४०० एमएम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्सको बारेमा जानकारी दिइएको छैन । यो स्यान्ट्रो ह्याचब्याक भन्दा लम्बाईमा अलि सानो रहेको छ । जसको लम्बाई ३६१० एमएम रहेको छ ।
नयाँ हुन्डाई क्यास्परलाई फंकी र कम्प्याक्ट लुक प्रदान गरिएको छ । यसको अगाडि एलईडी डे टाइम रनिङ लाइटको साथमा ग्लस ब्ल्याक ग्रिल र सर्कुलर हेडल्याम्प समावेश गरिएको छ । साइड प्रोफाइलमा अलोय ह्वील, रुफ रेल र पछाडि एलईडी टेल ल्याम्प उपलब्ध रहेको छ ।
यसमा ८.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ४.२ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, इलेक्ट्रिक सनरुफ, एयर प्युरिफायर, ७ एयरब्यागको साथमा एडीएएस प्रविधिको आकर्षक ड्यासबोर्ड रहेको छ । साथै यसमा एन्ड्रोइड अटो, एप्पल कारप्ले र हुन्डाई ब्लुलिंक कनेक्टिभिटी उपलब्ध रहेको छ ।
उक्त एसयूभी २ पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ । यसमा पहिलो १.० लिटर क्षमताको नेचुरल एस्पायर्ड एमपीआई इन्जिन रहेको छ । जसले ७६ पीएसको पावर जेनेरेट गर्छ । दोस्रो भेरिएन्टमा १.० लिटर टर्बाेचार्ड पेट्रोल इन्जिन समावेश गरिएको छ । जसले १०० पीएसको पावर जेनेरेट गर्छ । सो इन्जिन ४ स्पिड अटोमेटिक गियरबक्सको साथमा उपलब्ध रहेको छ ।
हुण्डाईले नेक्स्ट–जेन आई२० को पहिलो टिजर इमेज सार्बजनिक गरेको छ । अर्को...
हुन्डाई मोटर इन्डियाले आफ्नो लोकप्रिय सब-४ मिटर एसयूभी भेन्युको एडभेन्चर...
मेड इन इन्डिया निर्मित हुन्डाई कार निर्यात भएको २५ वर्ष पूरा भएको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...