कमेडी च्याम्पियन विजेता भरतमणिले पाए ड्याटसन रेडी गो कार, अन्य दुईले टीभीएस बाइक र स्कुटर

कमेडी च्याम्पियन सिजन टुका विजेता भरतमणि पौडेलले ड्याटसन रेडी गो कार उपहार पाएका छन् । त्यसैगरी फस्ट रनर अप बिक्की अग्रवालले टीभीएस अपाचे आरटीआरको १६० २भी मोटरसाइकल र सेकेन्ड रनर अप सन्तोष थापाले टीभीएस ब्रान्डकै एनटर्क रेस एडिसन स्कुटर हात पारेका छन् ।

नेपाली रियालिटी शो कमेडी च्याम्पियनको यो दोस्रो सिजन हो । यसअघिको पहिलो सिजनमा समेत विजेता हिमेश पन्तले रेडी गो कार र फस्ट रनर अप तथा सेकेन्ड रनर अपलाई टीभीएस ब्रान्डको मोटरसाइकल र स्कुटर प्रदान गरिएको थियो । कमेडी च्याम्पियनको टाइटल स्पोन्सर टीभीएस मोटरसाइकलको लोकप्रिय सिरिज अपाचे आरटीआर रहँदै आएको छ ।

यस्तो छ भरतमणिले पाएको ड्याटसन रेडी गो कार
जापनिज ब्रान्ड ड्याटसनको यो कार इन्ट्री लेभल ह्याचब्याक हो । नयाँ रेडी गोमा वेस्ट इन क्लास फिचरहरु रहेका छन् । यसमा ८ इन्चको टचस्क्रिन, एडभान्स एन्ड्रोइड तथा एप्पल कारप्लेमार्फत सहजै सञ्चालन गर्न सकिने भ्वाइस रिकग्निसनयुक्त इन्फोटेनमेन्ट सिस्टम पनि रहेको छ । प्रिमियम गन मेटल फिनिसिङको साथ अनबोर्ड एक ड्युअल टोन इन्स्ट्रयुमेन्ट प्यानल पनि रहेको छ ।

यस कारमा यो सेगमेन्टकै उच्चस्तरीय सुरक्षाका उपायहरु समावेश गरिएको छ । ठूलो दुर्घटनाबाट बच्नको लागि त्यसै किसिमको बडी स्ट्रक्चर राखिएको छ, जसले यात्रुलाई अगाडिबाट हुने चोटबाट बचाउँदछ । त्यस्तै यसमा साइड इम्पेक्ट पेडेस्ट्रियन प्रोटेक्सन कम्प्लान्ट, रेक्ट्य्राक्टिभ फङ्सनको साथ रियर सिट वेल्ट, ड्युअल एयरब्याग तथा प्रोजेक्सन गाइडको साथ रियर भ्यु क्यामेरा पनि रहेको छ ।

यस कारमा १८७ एमएमको सेगमेन्ट लिडिङ ग्राउन्ड क्लियरेन्स उपलब्ध गराइएको छ ।

सम्बन्धित समाचारहरू

टीभीएसले बढायो मोटरसाइकल र स्कुटरको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

टीभीएसले बढायो मोटरसाइकल र स्कुटरको मूल्य, यस्तो छ नयाँ मूल्य सूची

टीभीएसको नेपालका लागि आधिकाकिर बितरक जगदम्बा मोटर्सले मोटरसाइकल र...

बिहीबार नेपाली बजारमा सार्वजनिक हुने भयो टीभीएस अपाचे आरटीआर २०० फोरभी बीएस६

बिहीबार नेपाली बजारमा सार्वजनिक हुने भयो टीभीएस अपाचे आरटीआर २०० फोरभी बीएस६

काठमाडौं – टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले आगामी...

नायक प्रदीप खड्काले लमहीमा सार्वजनिक गरे टीभीएस एनटर्क १२५ आरटीएफआई बीएस६ स्कुटर

नायक प्रदीप खड्काले लमहीमा सार्वजनिक गरे टीभीएस एनटर्क १२५ आरटीएफआई बीएस६ स्कुटर

काठमाडौं – कलाकार तथा नेपालका लागि टीभीएस एनटर्क स्कुटरका ब्रान्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...