टाटाको नयाँ इलेक्ट्रिक कार एक्सप्रेस–टी, सिंगल चार्जमा २१३ किमिको रेन्ज प्रदान

टाटा मोटर्सले भारतीय बजारमा एक्सप्रेस–टीको पहिलो इलेक्ट्रिक सेडान लन्च गरेको छ । कम्पनीले यही वर्षको जुलाई महिनामा एक्सप्रेस ब्रान्ड सार्वजनिक गरेको थियो । एक्सप्रेस–टी सुरुवातमा टिगोर ईभीको रिब्रान्डेड मोडल हो । नयाँ एक्सप्रेस–टीको मूल्य ९ लाख ५४ हजार देखि १० लाख ६४ हजार भारु तोकिएको छ ।

भारतमा सो इलेक्ट्रिक कार ट्याक्सी सेगमेन्टको रुपमा बिक्री गरिने छ । यसमा इन्टरनल कम्बसन इन्जिन र इलेक्ट्रिक मोटर दुबै समावेश रहेको छ । उक्त इलेक्ट्रिक सबकम्प्याक्ट सेडान २१३ किलोमिटर र १६५ किलोमिटर रेन्जमा उपलब्ध रहेको छ । यसको २१.५ केडब्ल्युएच ब्याट्री प्याकले २१३ किलोमिटरको रेन्ज र १६.५ केडब्ल्यु ब्याट्री प्याकले १६५ किलोमिटरको रेन्ज प्रदान गर्छ ।

कम्पनीका अनुसार १६.५ केडब्ल्यु ब्याट्री प्याक ० देखि ८० प्रतिशत चार्ज हुनको लागि ९० मिनेटको समय लाग्छ र २१.५ केडब्ल्युएच ब्याट्री प्याक ० देखि ८० प्रतिशत चार्ज हुनको लागि ११० मिनेटको समय लाग्छ । सो इलेक्ट्रिक कार नर्मल चार्जर वा १५ एमिपयर प्लग प्वाइन्टको मदतले पनि चार्ज गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

टाटा पन्च ईभीको खुल्यो प्रि–बुकिङ, नाडा अटो शोबाट डेलिभरी गरिने

टाटा पन्च ईभीको खुल्यो प्रि–बुकिङ, नाडा अटो शोबाट डेलिभरी गरिने

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

टाटाका गाडीको नयाँ रेन्ज सार्वजनिक  

टाटाका गाडीको नयाँ रेन्ज सार्वजनिक  

टाटा मोटर्ससँग हाल इलेक्ट्रिक कारको सबैभन्दा ठुलो पोर्टफोलियो छ, कम्पनीले...

पार्किङ लिफ्ट खसे पनि टाटा नेक्सन सुरक्षित, जसले प्रमाणित गर्‍यो टाटाको मजबुती

पार्किङ लिफ्ट खसे पनि टाटा नेक्सन सुरक्षित, जसले प्रमाणित गर्‍यो टाटाको मजबुती

बलियो र टिकाउ कार बनाउने ब्रान्डको रूपमा परिचित टाटा मोटर्सको प्रतिष्ठा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...