अब एमजी जेडएस ईभीको थप २ स्थानमा चार्जिङ स्टेसन

काठमाडौं – एमजी मोटर्सको नेपालका लागि आधिकारिक बितरक पारामाउन्ट मोटर्सले २ स्थानमा चार्जिङ स्टेसन निर्माण गरेको छ । कम्पनीले ढल्केबर र बर्दिबासमा ७ किलोवाट क्षमताको चार्जिङ स्टेसन निर्माण गरेको हो । ढल्केबरको कोमल होटल र बर्दिबासको गुञ्ज होटलमा स्टेसन निर्माण गरिएको छ । यसँंगै एमजी जेडएसईभी प्रयोग गर्ने ग्राहकलाई हाइवेमा लामो दुरी यात्रा गर्न सहज हुनेछ ।

नेपाली बजारमा सर्बाधिक बिक्री भएको इलेक्ट्रिक एसयूभी एमजी जेडएसको चार्जिङ स्टेसन पर्याप्त नभएको ग्राहकले गुनासो गर्दै आएका थिए । यो सहित एमजीको चार्जिङ स्टेसन ३ वटा पुगेको छ । पहिलो चार्जिङ स्टेसन धुम्वराहीस्थित वर्कशपमा स्थापना गरिएको कम्पनी स्रोतले बताएको छ । बिस्तारै देशका अन्य स्थानमा समेत यस्ता स्टेसन थप गर्दै जाने उक्त स्रोतको भनाइ छ ।

केही समय अघि सम्म कम्पनीले यो ईभी खरिद गर्दा ग्राहकलाई ७ किलोवाट क्षमताकै चार्जर निःशुल्क दिँदै आएपनि हाल उक्त सुबिधालाई सशुल्क गराएको छ ।

२ बर्षअघि बुकिङ खुलाएर बिक्री प्रारम्भ गरिएको यो एसयुभी ईभी सेग्मेन्टमा सर्बाधिक लोकप्रिय बनिरहेको छ । कम्पनीका अनुसार यो गाडीले ११० किलोवाट पावर र ३५० एनएम अधिकतम टर्क दिन्छ र यसमा भएको लिथियम आयोन ब्याट्रीले ३० मिनेटमा ८० प्रतिशत सम्म चार्ज हुन्छ ।

एक पटक चार्ज गरेपछि ४२८ किलोमिटरसम्म माइलेज प्रदान गर्ने दाबी गरिएको यो एसयूभीको ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटर वारेन्टी सुबिधा उपलब्ध छ । नेपाली बजारमा यो एसयूभीलाई ५० लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सकिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...