सीएफमोटो १५० एनके सोल्ड आउट, अब बढी मूल्य सहित नयाँ ग्राफिक्समा

काठमाडौं – नेपाली बजारमा उपलब्ध सीएफमोटो १५० एनके सोल्ड आउट भएको छ । नेपालका लागि सीएफमोटो बाइकको आधिकारिक वितरक अन्ना इन्टरनेसनलले अब नयाँ ग्राफिक्स सहितको १५० एनके बाइक उपलब्ध गराउने भएको छ ।

कम्पनी स्रोतका अनुसार ग्रे र ब्लु कलरको नयाँ १५० एनके अब नेपाली बजारमा उपलब्ध हुनेछ । यसको मूल्य ३ लाख ३५ हजार ५ सय रुपैयाँ तोकिएको छ । यो भन्दा पहिलेको एनके १५० को मूल्य ३ लाख २१ हजार ५ सय थियो । सरकारले विभिन्न करको दरमा गरेको परिमार्जनले समेत यसमा असर पुगेको बताइएको छ ।

सीएफमोटो सोरुममार्फत यो बाइक बुकिङ गर्न सकिन्छ । ग्राफिक्स वाहेक अन्य फिचर भने यथावत रहेका छन् ।

१५० एनकेमा १४९ सीसी सिगंल सिलिन्डर, लिक्विडकुल्ड इएफआई इन्जिन रहेको छ, जसले १४ बीएचपी पावर तथा १२.२ एनएम टर्क जेनेरेट गर्छ । ६ स्पिडको ट्रान्समिसन रहेको यो बाइक १० लिटरको क्षमताको फ्यूल ट्यांक रहेको छ । सीएफमोटो १५०एनके बाइकमा अल डिजिटल डिस्प्ले, स्टाइलिस एलईडी डीआरएल, ईएफआई तथा ईसीयू सिष्टम र विभिन्न प्रकारका राइडिङ मोड उपलब्ध छ ।

आकर्षक सार्प लुक्स भएको यो बाइकमा एग्रेसिब हेडल्याम्प, दुई पिस सिट, लो पोजिसन राइडर सिट, स्पोर्ट्स तथा इकोनोमी राइडिङ अप्सन, ४० किलोमिटर माइलेज जस्ता बिशेषता रहेको छ । मोटरसाइकलमा सुरक्षालाई मध्यनजर गर्दै फ्रन्टमा २९२ एमएमको ट्विन पिस्टन क्यालिपर र रियरमा २२० एमएमको सिंगल पिस्टन क्यालिपर ब्रेक दिइएको छ । १५० एनकेको फ्रन्टमा यूएसडी टेलिस्कोप फ्रर्क र रियरमा सिंगल मोनेशक रहेको छ ।

युरो फाइभ मापदण्डमा आधारित इन्जिन भएको यो बाइकमा चेन स्पोकेट, मिरर र एक्जस्ट सिस्टम पहिले भन्दा रिफाइन भएर आएको छ ।

सम्बन्धित समाचारहरू

बजेट लगत्तै मोटरसाइकलको मूल्य वृद्धि, के व्यवसायीले पुरानो स्टकको पनि मूल्य बढाएका हुन् त ?

बजेट लगत्तै मोटरसाइकलको मूल्य वृद्धि, के व्यवसायीले पुरानो स्टकको पनि मूल्य बढाएका हुन् त ?

आगामी आर्थिक वर्षको बजेटमा सरकारले २०० सीसी भन्दा बढी क्षमताका...

राइडर मेनियामा सार्वजनिक भयो रोयल इन्फिल्डको हाल सम्मकै सबैभन्दा बढी तौलको मोटरसाइकल

राइडर मेनियामा सार्वजनिक भयो रोयल इन्फिल्डको हाल सम्मकै सबैभन्दा बढी तौलको मोटरसाइकल

रोयल इन्फिल्डको नयाँ मोटरसाइकल सुपर मेटियर ६५० सार्वजनिक भएको छ । भारतको...

बन्दीपुर हेरिटेज राइड सम्पन्न

बन्दीपुर हेरिटेज राइड सम्पन्न

रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ अन्तर्गत बुलेट बाइकर्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...