भारतमा सुजुकी स्विफ्टको बिक्री २५ लाख युनिट नाघ्यो

काठमाडौं – भारतमा सुजुकी स्विफ्टको बिक्री २५ लाख युनिट नाघेको छ । १६ बर्षअघि सार्बजनिक भएको स्विफ्टले त्यसयता ह्याचब्याक सेग्मेन्टमा बजारको नेतृत्व गर्दै आइरहेको छ । सन् २००५ मा पहिलोपटक सार्बजनिक भएयता यो ह्याचब्याकलाई कम्पनीले धेरैपटक अपग्रेड गरिसकेको छ । यसै क्रममा सन् २०१८ मा सार्बजनिक गरिएको थर्ड जेनेरेशन स्विफ्टमा कम्पनीले तौल कम गर्न हर्टएक्ट प्लाटफर्मलाई प्रयोगमा ल्याएको थियो ।

उक्त प्लाटफर्ममा बनेको स्विफ्टले सार्बजनिक भएको केही समयभित्रै १ लाख युनिट बुकिङ भएको रेकर्ड समेत कायम गरेको थियो । हाल यसको २०२१ मोडल बिक्री हुँदै आइरहेको छ । जुन डुअल टोन कलरमा समेत उपलब्ध छ ।युवा देखी प्रौढ सबै उमेर समुहले रुचाएको यो मोडल प्रयोग गर्ने ग्राहकमध्ये ५२ प्रतिशत बढी ३५ बर्ष कम उमेर समुहका रहेको कम्पनीले बताएको छ ।

१२ सय सिसी क्षमताको यो ह्याचब्याकमा डुअलजेट फोर सिलिन्डर इनलाइन डिओएचसी पेट्रोल जडान गरिएको छ । जसले ८९ बिएचपी पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ ।ह्याचब्यक सेग्मेन्टको भैकन पनि यो कारमा स्टार्ट स्टप टेक्नोलोजी र स्मार्ट प्ले टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम लगायत अन्य अत्याधुनिक फिचर्स समेत उपलव्ध गराइएको छ । यो कारले सेग्मेन्टकै उत्कृष्ट माइलेज प्रादन गर्ने समेत दाबी गरिएको छ । जसले प्रतिलिटर इन्धन खपतमा २३.२० किलोमिटर माइलेज प्रदान गर्नेछ ।

स्विफ्ट नेपाली बजारमा समेत निकै रुचाइएको ह्याचब्याक कार हो । हाल नेपाली बजारमा यसको २०२१ मोडल उपलब्ध रहँदै आएको छ । जसको मूल्य ३१ लाख ४९ हजारदेखी ३४ लाख ४९ हजार रुपैयाँसम्म पर्छ ।

सम्बन्धित समाचारहरू

सुजुकीले ल्यायो पहिलो इलेक्ट्रिक स्कुटर, साथमा २ नयाँ मोडल पनि सार्वजनिक

सुजुकीले ल्यायो पहिलो इलेक्ट्रिक स्कुटर, साथमा २ नयाँ मोडल पनि सार्वजनिक

सुजुकी मोटरसाइकल इन्डियाले भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ मा आफ्ना ३...

चौथो पुस्तासम्म आइपुग्दा सुजुकी स्विफ्टको तौल कति घट्यो ? माइलेज दोब्बरले बृद्धि

चौथो पुस्तासम्म आइपुग्दा सुजुकी स्विफ्टको तौल कति घट्यो ? माइलेज दोब्बरले बृद्धि

मारुती सुजुकीले आफ्नो लोकप्रिय ह्याचब्याक कार स्विफ्टलाई विभिन्न समयमा...

सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी ‘ई–भिटारा’ भोली लन्च हुँदै, नेपालमा कहिले ?

सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी ‘ई–भिटारा’ भोली लन्च हुँदै, नेपालमा कहिले ?

मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ‘ई–भिटारा’लाई डिसेम्वर, २...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...