हिरो मोटोकर्पले ल्याउने भयो हार्ले डेभिडसन प्यान अमेरिका १२५० को अर्को ब्याच

हिरो मोटोकर्पले भारतमा हार्ले डेभिडसन प्यान अमेरिका १२५० एडभेन्चर टुररको अर्को ब्याचको बाइक बुकिङ सुरु गरेको छ । कम्पनीले अन्य १३ हार्ले मोडलहरु र आगामी स्पोर्टस्टर एसको लागि पनि बुकिङ सुरु भइसकेको जानकारी दिएको छ । हार्ले डेभिडसनले २०२१ प्यान अमेरिका १२५० एड्भेन्चर यस वर्ष अप्रिलमा १६ लाख ९० हजार भारुमा लन्च गरिएको थियो ।

बीएमडब्ल्यु आर १२५० र डुकाटी मल्टिस्ट्राडा भी४ सँग प्रतिस्पर्धा गर्नका लागि सो बाइक २ भेरिएन्ट स्ट्यान्डर्ड र स्पेसलमा उपलब्ध रहेको छ । दुबै बाइकहरुमा फुल एलईडी लाइटिङ, ब्लुटुथ इनेबल्ड ६.८ इन्च रङ टीएफटी टचस्क्रिन डिस्प्ले र यूएसबी सी टाइप आउटलेट समावेश गरिएको छ ।

दुबै बाइकमा १२५२ सीसी, रेभोल्युसन म्याक्स १२५० इन्जिन समावेश गरिएको छ । जसले १५० बीएचपीको अधिकतम पावर र १२७ एनएम टर्क जेनेरेट गर्छ । बाइकमा ६ स्पिड ट्रान्समिशनको विकल्प रहेको छ ।

प्यान अमेरिका १२५० एडीभीले ग्राहकको ध्यान आकर्षित गरेको छ । हिरोको प्रिमियम सेगमेन्ट बिजनेसका प्रमुख रवि अवलूरले प्यान अमेरिका १२५० सन् २०२१ को सबैभन्दा बहुप्रतीक्षित बाइक मध्ये एक भएको जानकारी दिएका छन् ।

हिरो मोटोकर्पले हार्ले डेभिडसनसँग गत बर्ष अक्टोबरमा साझेदारी गर्ने घोषणा गरे पछि हिरो मोटोकर्पले हार्ले मोटरसाइकलको लागि ग्राहक टच प्वाइन्ट र सर्भिस सेन्टरको विस्तार गरिरहेको छ । हिरोसँग हाल हार्ले डेभिडसन ग्राहकहरुको लागि १४ वटा डिलरशिप र ७ अधिकृत सर्भिस सेन्टरको नेटवर्क रहेको छ ।

सम्बन्धित समाचारहरू

नयाँ फिचर सहित लन्च भयो हिरो एक्सट्रिम १६० आर, कति छ मूल्य ?

नयाँ फिचर सहित लन्च भयो हिरो एक्सट्रिम १६० आर, कति छ मूल्य ?

हिरो मोटोकर्पले एक्सट्रिम १६०आर बाइक अपडेट सहित १ लाख १७ हजार १ सय ४८ भारु...

भारतमा हिरो माभरिकको डेलिभरी शुरु, नेपालमा प्रतीक्षा

भारतमा हिरो माभरिकको डेलिभरी शुरु, नेपालमा प्रतीक्षा

भारतमा हिरो र हार्ले मिलेर बनाएको हिरो माभरिक मोटरसाइकलको डेलिभरी शुरु...

हिरोको नयाँ वर्ष अफर : हरेक स्क्र्याचमा १ लाख सम्म छुट

हिरोको नयाँ वर्ष अफर : हरेक स्क्र्याचमा १ लाख सम्म छुट

काठमाडौं – हिरोको नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...