भन्सार छलेर ल्याइएको आशंकामा ३३ लाख बढीको स्पेयर पार्ट्स प्रहरी नियन्त्रणमा
भन्सार छली गरी ल्याएको आशंकामा प्रहरीले मंगलबार राति विराटनगर–१२ स्थित...
स्पेयर पार्ट्स व्यवसायमा स्थापित सत्यदिप इन्टरनेसनलले पछिल्लो समय चीनबाट समेत मोटरसाइकल र स्कुटरमा प्रयोग हुन पार्ट्स भित्र्याउन थालेको छ । भारतीय बजारमा उत्पादन हुने बहुराष्ट्रिय ब्रान्डको कारोबार गर्दै आइरहेको यो कम्पनीले बजारमा चिनियाँ पार्ट्सको माग बढ्न थालेपछि यसको कारोबारमा ध्यान दिन थालेको हो ।
भारतीय पार्ट्सको तुलनामा मूल्य केही कम हुने हुँदा बजारमा यस्ता पार्ट्सको माग बढ्दै गएको कम्पनीका प्रबन्ध निर्देशक दिपेन्द्र मिश्रले बताए । पहिलो चरणमा चीनबाट ब्याट्री आयात गरी कारोबार थालेको बताउँदै उनले भने, ‘हामीले भित्र्याएको केज ब्रान्डको ब्याट्रीले अहिले बजारमा राम्रो प्रतिक्रिया पाइरहेको छ । मूल्य केही कम भएपनि गुणस्तरमा सम्झौता नगरिएका कारण यो ब्याट्री ग्राहकको रोजाइमा पर्न थालिसकेको छ ।’

ब्याट्रीको कारोबारबाट उत्साहित यो कम्पनीले पछिल्लो समय चीनमा निर्मित एएक्सटीजी ब्रान्डको बेरिङ समेत भित्र्याएको छ । नेपाली बजारमा उपलब्ध प्रायः सबैजसो टु ह्विलरमा प्रयोग गर्न सकिने यो बेरिङ बलियो, टिकाउ र मजबुत रहेको मिश्रले दाबी गरे । उनले भने, ‘बजारमा चीनबाट विभिन्न थरिका स्पेयर पार्ट्स आयात हुन्छन् । यस्तोमा हामीले गुणस्तरलाई बढी जोड दिएका छौ । चीनबाट आयात हुने अन्य पार्ट्सको तुलनामा हाम्रो पार्ट्सको मूल्य केही बढी भए पनि गुणस्तरमा शंका गर्नुपर्दैन । ’
मुलतः भारतीय ब्रान्डको स्पेयर पार्ट्समा केन्द्रित भई कारोबार गर्दै आइरहेको यो कम्पनीले भोलिका दिनमा चीनबाट थप प्रकारका स्पेयर पार्ट्स समेत मगाउँदै जाने योजना बनाएको छ । इन्जिनसँग सरोकार राख्ने संवेदनशील पार्ट्स बाहेक मोटरसाइकल र स्कुटरको रनिङ आइटमको आयात चीनबाट गर्दै जाने आफूहरुको योजना रहेको मिश्रले बताए ।
क्लच प्लेट, मिरर, स्पार्क प्लग, डिस्क प्याड लगायत अन्य प्रकारका स्पेयर पार्ट्स नेपाल भित्रिने क्रममा रहेको उनले जानकारी गराए ।
भन्सार छली गरी ल्याएको आशंकामा प्रहरीले मंगलबार राति विराटनगर–१२ स्थित...
काठमाडौं – राजधानीको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा विभिन्न सवारी...
सवारी साधन प्रयोग गर्नेहरूको संख्या तीव्र रूपमा बढ्दै गएको छ। साथै समय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...