भन्सार छलेर ल्याइएको आशंकामा ३३ लाख बढीको स्पेयर पार्ट्स प्रहरी नियन्त्रणमा

भन्सार छली गरी ल्याएको आशंकामा प्रहरीले मंगलबार राति विराटनगर–१२ स्थित रोडशेष चोकबाट स्पेयर पार्ट्स वोकेको ट्याक्टर नियन्त्रणमा लिएको छ ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार भन्सार छली गरी ल्याएको आशंकामा विराटनगरबाट ३३ लाख बढीको स्पेयर पार्ट्स सहित ट्याक्टर नियन्त्रणमा लिएको हो ।

भन्सारमा कम मूल्यांकन गरी भन्सार जाँचपास गरेर निस्किएको भारतीय नम्बर बिआर ७ के १७२४ नम्बरको ट्याक्टर र चालक तलुवा मुर्र्मलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

विभिन्न किसिमका स्पेयर पाटर््स र ट्याक्टर नियन्त्रणमा लिएको सामानको मूल्य ३७ लाख बराबरको रहेको छ । ३३ लाखको सामान र ४ लाखको ट्याक्टर मूल्यांकन गरी आवश्यक कारबाहीका लागि इटहरीस्थित राजस्व कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरू

आयातमा कर : चाडपर्व मौसममा मोटरसाइकलको मूल्य १८ हजार सम्म बढ्ने, उपभोक्ता अन्यौलमा

आयातमा कर : चाडपर्व मौसममा मोटरसाइकलको मूल्य १८ हजार सम्म बढ्ने, उपभोक्ता अन्यौलमा

सरकारले प्रतिस्थापन आर्थिक बिधेयकमार्फत एकातर्फ मोटरसाइकल आयात गर्दा...

टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लाग्ने

टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर गरिने विज्ञापनमा पनि कर लाग्ने

काठमाडौँ महानगरपालिकाले टिसर्ट, झोलादेखि मोटरसाइकलमा स्टिकर टाँसेर...

ह्वाइट र सिल्भर कलरको कार बढी सुरक्षित, यस्तो छ अध्ययनको निष्कर्ष

ह्वाइट र सिल्भर कलरको कार बढी सुरक्षित, यस्तो छ अध्ययनको निष्कर्ष

कार किन्दा ध्यान दिनु पर्ने धेरै कुराहरु छन् । विशेष गरी कारको ब्रान्ड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...