बर्जर पेन्ट्सले ल्यायो बर्जर फेस्टिभ राइड योजना, पेन्ट किन्दा यामाहा बाइक र स्कुटर जित्न सकिने

काठमाडौं – बर्जर पेन्ट्सले आउनै लागेको महान चाड दशैं र तिहारलाई लक्षित गर्दै एक नयाँ उपभोक्ता योजना ‘बर्जर फेस्टिभ राइड’ प्रारम्भ गरेको छ ।

यो प्रवद्र्धन योजना अन्तर्गत उपभोक्ताहरुले छानिएका ब्राण्डहरुको खरिदमा १०० वर्ग फिट क्षेत्रफल बराबरको डिजाइनर वाल पेन्ट पक्का उपहार प्राप्त गर्नेछन् । यसमा एकजना भाग्यशाली विजेताले गोला प्रथाद्वारा बम्पर उपहारमा नयाँ ब्राण्डको यामाहा एफजेड २५ मोटरसाइकल जित्न सक्ने छन् । यसैगरी अन्य आकर्षक उपहारहरुमा एकजनालाई यामाहा फेसिनो १२५ एफआई स्कुटर, २ जनालाई सामसुङ एस२१ मोबाइल र ५० जनालाई सामसुङ एम ०२एस मोबाइलहरु प्रदान गरिनेछ ।

यसका साथै योजनामा उपभोक्ताहरुले रँगाइएको आफ्नो घरको बाहिरी भागको फोटो बर्जरको वेबसाइटमा अपलोड गरेर डिजिटल प्रतियोगितामा सहभागिता जनाउन पनि सक्नेछन् । यसरी सहभागी भएका प्रतियोगीहरु मध्ये उत्कृष्ट २८ घरधनीहरुलाई नगद पुरस्कार प्रदान गरिनेछ ।

यो योजना बर्जर ब्राण्डका वेदरकोट लङ्ग लाइफ, वेदरकोट अलगार्ड फेमिली, वेदरकोट एन्टि डस्ट, वेदरकोट च्याम्प, सिल्क ब्रेथ इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरुी र इजी क्लिन रेन्जको उत्पादनहरु खरिद गर्दा लागू हुने बताइएको छ ।

सम्बन्धित समाचारहरू

औपचारिक रुपमै लन्च भयो नेपालमा यामाहा बीएस६ एफजेड–एस एफआई

औपचारिक रुपमै लन्च भयो नेपालमा यामाहा बीएस६ एफजेड–एस एफआई

काठमाडौं – नेपाली बजारमा यामाहाका बीएस६ मोडलका दुई मोटरसाइकल औपचारिक...

यामाहाको सबैभन्दा धेरै बिक्री हुने स्कुटर कसरी लिने ? डाउन पेमेन्ट कति ? मासिक किस्ता कति ?

यामाहाको सबैभन्दा धेरै बिक्री हुने स्कुटर कसरी लिने ? डाउन पेमेन्ट कति ? मासिक किस्ता कति ?

यामाहा रे जेडआर स्ट्रिट ¥याली यामाहाको सबैभन्दा धेरै रुचाइएको स्कुटर हो ।...

यामाहा एमटी१५ भर्सन–२ किन्दा विशेष राइडिङ ज्याकेट निःशुल्क

यामाहा एमटी१५ भर्सन–२ किन्दा विशेष राइडिङ ज्याकेट निःशुल्क

काठमाडौं–यामाहा नेपालले एमटी१५ भर्सन–२ चाहने राइडरलाई लक्षित गरी एक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...