पहिलो पटक बीटीओ सिस्टम सहितको टीभीएस अपाचे आरआर ३१० आयो बजारमा

भारतमा टीभीएस अपाचे आरआर ३१० को २०२१ भर्सन लन्च भएको छ । यसको मूल्य भारतमा २ लाख ५९ हजार भारु तोकिएको छ ।

टीभीएसले सबैभन्दा पहिले अपाचे आरआर ३१० मोटरसाइकल सन् २०१७ मा लन्च गरेको थियो । त्यसपछि लगातार रुपमा यसमा विभिन्न अपडेट गरिएको छ । हाल यो मोटरसाइकलमा पहिलो पटक फ्याक्ट्री बिल्ट–टु–अर्डर (बीटीओ) सिस्टम दिइएको छ, जहाँ टीभीएस अराइभ एपको सहयोगले आफ्नो आवश्यकता अनुसार मोटरसाइकललाई स्पेसिफाई गर्न सकिन्छ । यसबाट आफ्नो यात्रालाई रियल टाइममा ट्रयाक गर्न सकिन्छ ।

बीटीओ सिस्टम अनुसार ग्राहकले मोटरसाइकल किन्दा नै प्रि–सेट किट, ग्राफिक अप्सन, रिम कलर अप्सन र पर्सनलाइज्ड रेस नम्बर छनोट गर्न सक्छन् । त्यही अनुसारको मोटरसाइकल कम्पनीले उपलब्ध गराउछ ।

यसका लागि डाइनामिक र रेस गरी दुई किट उपलब्ध हुनेछ । डाइनामिक किटमा प्रिलोड, रिबाउन्ड र कम्प्रेसन ड्याम्पिङ सहितको मल्टी–लेवल एड्जस्टमेन्ट भएको फुल्ली एड्जस्टेबल फ्रन्ट र रियर सस्पेन्सन उपलब्ध हुन्छ । त्यसैगरी रेस किटमा रेसिङका लागि आवश्यक कर्नरिङ र फुटरेस्ट लगायतका फिचर उपलब्ध हुन्छ ।

यो मोटरसाइकलमा ३१३ सीसीको इन्जिन छ, जसले ३४ बीएचपी पावर र २७.३ एनएम टर्क जेनेरेट गर्छ । यसको इन्जिन ६–स्पिड गियरबक्सयुक्त छ, जुन रेस ट्युन्ड स्लिपर क्लचका साथ आउछ ।

यसमा टीभीएसका अन्य मोटरसाइकलमा जस्तै ब्लुटुथ कनेक्टिभिटी र राइड बाई वायर फिचर दिइएको छ । त्यसैगरी यसलाई अर्बन, ट्रयाक, स्पोर्ट र रेन गरी चार राइडिङ मोडमा चलाउन सकिन्छ ।

यो मोटरसाइकलले केटीएम आरसी ३९० मोटरसाइकलसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली बजारमा हाल उपलब्ध टीभीएस आरआर ३१० मोटरसाइकलको मूल्य ७ लाख ७९ हजार ९ सय रुपैयाँ छ । त्यसैगरी केटीएम आरसी ३९० को मूल्य ९ लाख ४४ हजार ९ सय रुपैयाँ छ । नयाँ भर्सनको अपाचे आरआर ३१० नेपाली बजारमा आयो भने यसको मूल्य अहिलेको अपाचे आरआर ३१० भन्दा बढी हुन सक्छ ।

सम्बन्धित समाचारहरू

ब्लुटुथको साथ डिजिटल स्पिडोमिटर समावेश गरी अपडेट भर्सनमा आउँदै छ टीभीएस रेडिअन

ब्लुटुथको साथ डिजिटल स्पिडोमिटर समावेश गरी अपडेट भर्सनमा आउँदै छ टीभीएस रेडिअन

टीभीएसले चाँडै नै टीभीएस रेडिअनको अपडेट भर्सन लन्च गर्ने भएको छ । हिरो...

हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक थ्री–ह्विलर ल्याउँदै

हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक थ्री–ह्विलर ल्याउँदै

हुन्डाईले टीभीएससँग साझेदारी गरेर इलेक्ट्रिक लास्ट–माइल मोबिलिटी खण्डमा...

भिखारीले श्रीमतीलाई दिए ९० हजारको मोपेड उपहार, चारैतिर प्रेमको चर्चा

भिखारीले श्रीमतीलाई दिए ९० हजारको मोपेड उपहार, चारैतिर प्रेमको चर्चा

भारतको मध्यप्रदेशको छिन्दवाडा सहरका अपाङ्ग सन्तोष साहु भिख माग्छन् तर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...