सिजन एक्सचेन्ज क्याम्पको, टीभीएस र यामाहाले ल्याए यस्तो एक्सचेन्ज अफर
फेस्टिभल सिजनको सुरुवातसँगै अहिले विभिन्न टु ह्विलर कम्पनीहरु नयाँ नयाँ...
काठमाडौं – नेपाली बजारमा टीभीएसको नयाँ आरटीएफआई प्रविधिको बीएस६ मापदण्डयुक्त अपाचे आरटीआर २०० फोरभी मोटरसाइकल भित्रिएको छ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले सोरुमहरुमा समेत यो मोटरसाइकल उपलब्ध गराइसकेको छ ।
औपचारिक लन्च बाँकी भए पनि हाल यसको बुकिङ समेत कम्पनीले खुलाइसकेको छ । एफआई प्रविधि र तीन वटा राइडिङ मोड सहित नयाँ फिचरयुक्त यो मोटरसाइकल पहिले देखि नै धेरै राइडरहरुले प्रतीक्षा गरिरहेको मोटरसाइकल हो । केही दिनमै औपचारिक रुपमा यो मोटरसाइकलको लन्चिङ गरिने जगदम्बा मोटर्सले जनाएको छ ।
स्पोर्ट, अर्वन र रेन गरी यसलाई तीन राइडिङ मोडमा चलाउन सकिन्छ । राइडरले परिस्थिति अनुसार मोड सेट गर्न सक्छन् । यो मोटरसाइकलमा १९७।८ सीसी सिंगल सिलिन्डिर लिक्वीडकुल्ड एफआई इन्जिन रहेको छ । जसले स्पोर्ट मोडमा २०.५ बीएचपी पावर र १७.२ एनएम टर्क जेनेरेट गर्छ ।
एफआई इन्जिनयुक्त यो मोटरसाइकलका अन्य धेरै विशेषता नेपाली बजारमा पहिले देखि नै उपलब्ध अपाचे आरटीआर २०० फोरभीसँग मिल्छन् । त्यसैले यसमा स्मार्ट कनेक्ट, फुल डिजिटल मिटर, एबीएस, रियर मोनोसक, अल एलईडी हेडलाइट आदि विभिन्न फिचर उपलब्ध छन् ।
नयाँ अपाचे आरटीआर २०० फोरभी बीएस६ को मूल्य ३ लाख ८४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।
फेस्टिभल सिजनको सुरुवातसँगै अहिले विभिन्न टु ह्विलर कम्पनीहरु नयाँ नयाँ...
काठमाडौँ– टिभिएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले आजदेखी...
टीभीएसले हालै नेपाली बजारमा उपलब्ध गराएको बीएस६ इन्जिनको अपाचे आरटीआर २००...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...