एआई र ५ स्पेसल फिचर सहित एमजीले ल्याउदै छ पहिलो कम्प्याक्ट एसयूभी

एमजी मोटर इन्डियाले हालै नयाँ कम्प्याक्ट एसयूभी एमजी एस्टरको टिजर सार्वजनिक गरेको छ । कारको आर्टिफिसियल इन्टेलिजेन्समा आधारित फिचरको जानकारी पनि सार्वजनिक गरिएको छ । यद्यपि कम्पनीले सो एसयूभीको लन्चिङको समय बारेमा भने अझै केही जानकारी सार्वजनिक गरिएको छैन । रिपोर्ट अनुसार सो एसयूभी सेप्टेम्बरमा लन्च गर्ने सम्भावना रहेको छ ।

एमजी मोटर इन्डियाले सो एसयूभीमा आर्टिफिसियल इन्टेलिजेन्स र सेगमेन्टमा पहिलो पटक अटोनोमस लेवल २ टेक्नोलोजी प्रस्तुत गरिएको छ । सो एसयूभी सीएएपी प्लेटफर्ममा आधारित हुनेछ । उक्त प्लेटफर्म सफ्टवेयर मेसिन लर्निङ, ब्लकचेन, आर्टिफिसियल इन्टेलिजेन्स सहित कैयौ टेक्नोलोजी पेश गरिन्छ ।

एमजीको सो कार एआई टेक्नोलोजी भएको भारतको सबैभन्दा सस्तो कार हुनेछ । एमजी एस्टर कम्प्याक्ट एसयूभी सेगमेन्टमा प्रवेश गर्दैछ जहाँ हुन्डाई क्रेटा, किया सेल्टोस, स्कोडा कुशाक र फक्सवागन टाइगुनसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तो छ, एमजी एस्टर एसयूभीमा भएको खास ५ फिचर जुन हुन्डाई क्रेटामा उपलब्ध छैन ।

पर्सनल एआई एसिस्टेन्ट
कारको इन्टेरियरमा कनेक्टिभिटी बढाउनका लागि एमजीले जियोको टेक्नोलोजीसँग साझेदारी गरेको छ । कारमा आईओटी टेक्नोलोजीको साथमा ई–सिमको माध्यमले ४ जी कनेक्टिभिटी सुट प्रदान गरिन्छ । कारमा एआईको लागि रिलायन्स जियो आईटी सिस्टम उपलब्ध रहेको छ । एमजी मोटरले पहिलो पटक एआई एसिस्टेन्ट फिचर समावेश गरेको छ । उक्त सिस्टमलाई अमेरिकाको कम्पनी स्टार डिजाइनले तयार पारेको हो । एआई सिस्टममा इन्टरेक्टिभ रोबोट समावेश गरिएको छ । जसले चालकसँग कुराकानी गर्न सक्छ । एस्टर एसयूभी आईसीईको रुपमा लन्च गरिनेछ ।

अटोनोमस लेवल २ टेक्नोलोजी
अटोनोमस लेवर २ टेक्नोलोजी साधनको लागि नयाँ फिचर हो । तथापि यसमा ड्राइभरलेस ड्राइभिङको सुविधा भने छैन । कारमा फरवार्ड कोलिजन वार्निङ, अटोमेटिक इमरजेन्सी ब्रेकिङ, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट, लेन डिपार्चर वार्निङ, लेन डिपार्चर प्रिभेन्शन, रियर ड्राइभ असिस्ट, इन्टेलिजेन्ट हेडल्याम्प कन्ट्रोल र स्पिड असिस्ट सिस्टम जस्ता फिचर समावेश गरिएको छ ।

इन कार सर्भिसेज
एमजीले टेक्नोलोजी इकोसिस्टमको साथमा काम गरिरहेको छ । जसमा एआई, मेसिन लर्निङ, ब्लकचेन र अन्य प्रविधि समावेश रहेको छ । एस्टरमा कोइनअर्थ र ब्लकचेन प्रोटेक्टेड डिजिटल पासपोर्ट उपलब्ध रहेको छ । एमजी एस्टरमा जियो कनेक्सन, म्यापमाईइन्डिया जस्ता कैयौ सब्सक्रिप्शन सर्भिसेसको विकल्प रहेको छ । यसको साथै जियो साभ र पार्कप्लस कारमा उपलब्ध हुनेछ ।

३६० डिग्री क्यामेरा
एमजी एस्टर एसयूभीमा कम्पनीले ३६० डिग्री क्यामेरा पनि समावेश गरिएको छ । जसको मदतले चालकले ट्राफिक जामको समयमा चारै तिर हेर्न सजिलो हुन्छ । सो फिचर हुन्डाई क्रेटामा उपलब्ध छैन । यो ब्लाइन्ड स्पोट मर्निटरको रुपमा काम गर्छ ।

इन्टेरियर
एमजी एस्टर एसयूभी तीन फरक फरक क्याबिन थिमको साथमा उपलब्ध हुनेछ । हाल कम्पनीले डुअल टोन संगरिया रेड ट्रिममा मात्र पेश गरिएको छ ।

सम्बन्धित समाचारहरू

एमजी जेडएस इभी चार्ज गर्न देशका ८ स्थानमा फास्ट चार्जर, थप ९ स्थानमा छिट्टै आउने

एमजी जेडएस इभी चार्ज गर्न देशका ८ स्थानमा फास्ट चार्जर, थप ९ स्थानमा छिट्टै आउने

एमजी गाडीको नेपालका लागी आधिकारिक वितरक पारामाउन्ट मोटर्सले देशका ८...

फेरि नेपाल आउने भयो चाइनिज ब्रान्ड चेरी, सारदा ग्रुप बन्यो आधिकारिक वितरक

फेरि नेपाल आउने भयो चाइनिज ब्रान्ड चेरी, सारदा ग्रुप बन्यो आधिकारिक वितरक

काठमाडौं – कुनै समयमा नेपाली बजारमा भित्रिएर बन्द भएको चाइनिज ब्रान्ड...

बैंकक इन्टरनेश्नल मोटर शोमा ५८ हजार बढि कार बुकिङ, ईभीमा बीवाईडी पहिलो हुँदा एमजी दोस्रो

बैंकक इन्टरनेश्नल मोटर शोमा ५८ हजार बढि कार बुकिङ, ईभीमा बीवाईडी पहिलो हुँदा एमजी दोस्रो

काठमाडौं– थाइल्याण्डको राजधानी बैंककमा हालै आयोजना भएको ‘ बैंकक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...