आयो स्पोर्टी लुकको साथमा यामाहाको एमटी–१५ मोन्स्टर इनर्जी मोटोजीपी एडिसन

यामाहाले भारतमा एमटी–१५ मोन्स्टर इनर्जी यामाहा मोटोजीपी एडिसन लन्च गरेको छ । बाइकको मूल्य १ लाख ४७ हजार ९०० भारु तोकिएको छ । यो नयाँ मोटोजीपी एडिसन रेगुलर मोडल भन्दा १ हजार ४ सय भारु महँगो रहेको छ ।

कम्पनीले यसलाई द कल अफ द ब्लु ब्रान्डको रुपमा लन्च गरिएको बताएको छ । यसमा कैयौ कस्मेटिक अपडेट गरिएको छ ।

लुक र डिजाइन
सो बाइकको फ्युल ट्यांक र साइड प्यानलमा यामाहा मोटोजीपीको ब्रान्डिङ दिइएको छ । अल ब्ल्याक थिममा पेन्ट गरिएको सो बाइकमा ग्रीन बडी डिकल्स उपलब्ध रहेको छ । यसको साथमा एलईडी प्रोजेक्टर हेडल्याम्प र ट्वीन डे टाइम रनिङ लाइट समावेश गरिएको छ । यो नेकेड स्ट्रिटफाइटर बाइक आर१५ भी३ बाइकमा प्रयोग गरिएको डेल्टा बक्स च्यासिसमा आधारित छ ।

इन्जिन र पावर
सो बाइकमा १५५ सीसी फ्युल इन्जेक्टेड, लिक्विड कुल्ड, ४–स्ट्रोक, एसओएचसी, ४–भल्व इन्जिन समावेश गरिएको छ । इन्जिनलाई ६ स्पिड ट्रान्समिसनमा जोडिएको छ । जसले १०,००० आरपीएममा १८.५ पीएस पावर र ८,५०० आरपीएममा १३.९ एनएमको अधिकतम टर्क जेनेरेट गर्छ ।

फिचर
उक्त नयाँ बाइकमा स्टयान्डर्ड एमटी–१५ बाइक जस्तै फिचर प्रदान गरिएको छ । यसमा डेल्टा बक्स फ्रेममा साइड स्ट्यान्ड इन्जिन कट अफ, एक असिस्ट र स्लिपर क्लच, सिंगल च्यानल एबीएस र भेरिएबल भल्व एक्चुएसन सिस्टम समावेश रहेको छ । बाइकको तौल १३८ किलोग्राम रहेको छ । साथै सो बाइकमा फङ्सनल एलईडी हेडल्याम्प, एलईडी टेललाइट, मल्टी–फङ्सन एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, गियर पोजिसन इन्डिकेटर, यूनि–लेभल सिट र अन्डरबडी काउल जस्ता फिचर समावेश गरिएको छ ।

टायर र सस्पेन्सन
बाइकमा अलोय ह्वील उपलब्ध रहेको छ । बाइकमा १४० एमएम सुपर वाइड रेडियल रियर टायर समावेश गरिएको छ । बाइकको फ्रन्टमा टेलिस्कोपिक फोर्क सस्पेन्सन र रियरमा लिक्ड टाइप मोनोक्रस सस्पेन्सन समावेश गरिएको छ ।

सम्बन्धित समाचारहरू

बढ्यो यामाहा मोटरसाइकल र स्कुटरको मूल्य : यस्तो छ नयाँ मूल्य सूची

बढ्यो यामाहा मोटरसाइकल र स्कुटरको मूल्य : यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा यामाहा मोटरसाइकल र स्कुटरको फेरि मूल्य वृद्धि...

सीईओ क्षेत्री भन्छन् : मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहक नै नभएका हुन् कि जस्तो भएको छ

सीईओ क्षेत्री भन्छन् : मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहक नै नभएका हुन् कि जस्तो भएको छ

१५० सीसी माथिका बाइकमा सरकारले लगाएको आयात प्रतिबन्ध यही पुस १ गतेबाट...

यामाहाको नयाँ बाइक नेपालमा : हेरौ कुन फिचरले के काम गर्छ

यामाहाको नयाँ बाइक नेपालमा : हेरौ कुन फिचरले के काम गर्छ

काठमाडौँ—नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...